Headline :

समाज

किचकन्यासँगको एक रात

img1

हिँड्दै जाँदा लगभग बस्ती सकियो । पुल तरेर आउने दुई–चार घर पनि पछाडि परेसी अब मलाई करिब आधा घण्टा जंगलको बाटो हिँड्नु थियो । जंगल सुरु हुनासाथ सबैभन्दा पहिला आउँथ्यो ...

एकीकृत सरकारी सेवासहित हुम्लाका सरकारी कार्यालय प्रमुख गाउँमा

हुम्ला, जेठ २२ - हुम्ला जिल्लाका सरकारी कार्यालयहरुले सरकारी सेवा सुविधा नागरिकको घर आँगनमा पुर्‍याउनका लागि एकीकृत धुम्ती शिविरको अभियान थालेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वको टोलीले शुक्रवार हुम्ला जिल्लाको दुर्गम गाविस मैलाबाट शिविर सञ्चालन सुरु गरेको छ । हुम्लाको दक्षिण भेगमा रहेका नागरिकका लागि नागरिता, मतदाता परिचयपत्र, अपाङता ...

करेन्ट लागेर एक जनाको ज्यान गयो

जेठ २२ – नवलपरासीको कुमारवर्ती – ६ मा बिहीबार राति करेन्ट लागेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार करेन्ट लागेर गम्भीर घाईते भएका २२ वर्षका रञ्जन पराजुलीको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटोमा नै ज्यान गएको हो । आफ्नै घर पछाडि खेतमा मोटर लगाउने क्रममा पराजुलीलाई करेन्ट लागेको थियो ...

कक्षा १२ को परीक्षामा दोस्रो दिन सप्तरीबाट ७६ विद्यार्थीको परीक्षा रद्द

, जेठ २२ - सप्तरीमा शुक्रबार भएको कक्षा १२ को परीक्षामा अनियमितता गरेको आरोपमा ७६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै जिल्लाको लाली गुराँस उच्च माध्यमिक विद्यालय (पाराडाइज कलेज) र पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ७६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको हो । जिल्ला परीक्षा समन्वय समितिका संयोजक ...

घुँडा भन्दा मुनिको खुट्टा गुमाएकाले सहयोग पाउने

काठमाडौं,जेठ २१ - वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनमा परी घुँडा भन्दा मुनिको खुट्टा गुमाएकालाई परिलक्षित नेपालले सहयोग गर्ने भएको छ । घुँडा भन्दा मुनिको खुट्टा गुमाएकालाई परिलक्षित नेपालले कृत्रिम खुट्टा बनाई वितरण गर्ने तयारी गरेको परिलक्षित नेपालका सचिव नारायण बहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार कृत्रिम खुट्टा हाल्न चाहनेले भूकम्पमा परी खुट्टा गुमाएको ...

आँप टिप्न रुखमा चढ्दा चट्याङ लाग्यो

बारा, जेठ २१- बारामा आज बिहान परेको चट्याङ लागेर एकजना बालकको ज्यान गएको छ। अरु दुइजना बालक घाइते भएका छन। दक्षिण झिटकैया २ काअमिरका ठाकुरका छोरा १४ बर्षिय सन्देश ठाकुरको चट्याङ लागेर ज्यान गएको प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । स्थानीय मौजेलालका छोरा १३ बर्षिय पवन साह र जमुना यादवका छोरा १६ बर्षिय विकास यादव घाइते भएका प्रहरीले जनाएको छ। ...

भूकम्पपीडित परिचयपत्र बनाउनुभयो ?

काठमाडौं, जेठ २१ - अहिलेसम्म भूकम्प प्रभावित परिचय पत्र नबनाएकालाई सम्बन्धित वडा, गाविस वा नगरपालिकामा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । भूकम्प पीडितलाई राहत वितरणमा सहज होस् भनेर परिचय पत्र बाँडेकाले अहिलेसम्म नलिएकालाई लिन सरकारले आग्रह गरेको हो । त्यसको लागि सम्बन्धित वडा, गाविस वा नगरपालिकामा नागरिकता लिएर जान, नागरिकता नभए आफु त्यहि ठाउँको भएको र भूकम्पले आप्mनो ...

टेको लगाइएको कृष्ण मन्दिरको तल सिंहासन

जेठ २० – ललितपुरको मंगलबजारको टेको लगाइएको कृष्ण मन्दिरको तल पट्टिको ढ्ुँगाको पेटीमा नाग बुट्टा कुदिएको सुनको मेच राखिएको थियो । ३३ दशमलव ५ डिग्री सेल्सियसको गर्मीमा पनि एकजना मानिस कुर्सी कुरेर दिनभर बसेका थिए । त्यस्तै मन्दिरको भित्तामा एकदमै पुरानो विलंपौ भनिने अक्षरहरु कुँदिएको भित्तेचित्र पनि टाँगिएको थियो । त्यस्तै नजिकैको कात्तिक डबलीमा संगीत महोत्सवको तयारी ...

भन्सार छलेर लगेको कपडा सहित तीनजना पक्राउ

बुटवल,जेठ २० – रुपन्देहीमा भन्सार छलेर ल्याइएको कपडा सहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार १ लाख १५ हजार रुपैयाँ बराबरको कपडा सहित बुटवल १२ का २३ वर्षका बिष्णु फुजेल , बुटवल ५ का २३ बर्षका अबिन के सी र बुटवल ११ का ३९ वर्षका सन्तोषकुमार पछाई मंगलबार राती पक्राउ परेका हुन । उनीहरुको साथबाट २ वटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । ...

डेढ शताब्दी पुग्दासम्म लालपूर्जा छैन

डोटी, जेठ २० – डोटीको बग्लेक गाविस ६ र ७ रिखडामा यस्तो वस्ती छ जहाँका स्थनियवासिन्दाले बसोबास गर्दै आएको झण्डै डेढ शताब्दी पुग्नै लाग्दा समेत लालपूर्जा पाउन सकेका छैनन् । वि.सं. १९४० देखि आफ्ना पूर्खाहरु यस क्षेत्रमा बसोबास गर्दै आएको र हालसम्म बस्तिभरीमै कुनै पनि परिवारले लालपूर्जा नपाएको ९२ वर्षीय डम्मर साउदले बताउनु भयो । उहाँले भन्नुभयो ‘वर्षौंदेखि जमिन हामीले कमाउदै ...

किर्तनबाट उठेको ८० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा

जेठ ५ – नवलपरासीको अमरापुरीको नागरिक समाजले किर्तनबाट उठेको रकम प्रधानन्त्री राहत कोषमा जम्मा गरेका छन् । वैशाख १२ र २९ गते गएको भूकम्पमा परी ज्यान गुमाएकाको आत्माको चिर शान्ति र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै गरिएको २४ घण्टे अखण्ड किर्तन, रुद्री हवनबाट उठेको ८० हजार ६ सय १३ रुपैयाँ मंगलबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् । २४ घण्टे अखण्ड किर्तन ...

राहत नपाए खबर गर्न सरकारको आग्रह

काठमाडौं, जेठ ३ - राहत नपुगेको ठाउँमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । राहत वितरणको काम निरन्तर भैरहँदा पनि नपाएको गुनासो आएपछि सरकारले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गरेको हो । तर राहत पाइसकेकाले त्यसो नगर्न गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले सबैलाई आग्रह गर्नुभयो । विपत्को बेलामा सबैले सबैलाई सघाउनुपर्ने भन्दै ...

विश्व दूरसंचार तथा सूचना समाज दिवस

जेठ ३ - आज विश्व दूरसंचार तथा सूचना समाज दिवस । प्रविधिबारे सुसूचित गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ तारिखमा पहिलो अन्तरराष्टिय टेलिग्राफ सम्मेलनले अन्तरराष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको सम्झनामा सन् २००५ देखि यो दिवस मनाउने गरिएको हो । समाज परिवर्तन गर्न र आर्थिक विकासका लागि इन्टरनेट ...

मलेशियाको जेलबाट ७ सय ६४ नेपालीको उद्धार

जेठ ३ - मलेशिया स्थित नेपाली दुतावासले त्यहाँका बिभिन्न जेल तथा डिटेन्सन क्याम्पमा रहेका ७ सय ६४ नेपालीको उद्धार गरि नेपाल फर्काएको छ । चार महिना अबधिमा यी नेपालीको उद्धार गरिएको दुतावासको चौमासिक कार्य विवरणमा उल्लेख छ । दुतावासले आफ्नो चौमासिक कार्यविवरणमा जनाए अनुसार २ सय ४२ जना नेपाली अबैद्य रुपमा काम गर्दा गर्दै समातिएको र १ सय ८४ जना नेपाली डिटेन्सन क्याम्पमा रहेको ...

निरन्तर पहिरोले गाउँ नै विस्थापित

बैशाख २९– भुकम्पको कारण निरन्तर आउन थालेको पहिरोले गर्दा ओखलढुंगाको प्रप्चा र हर्कपुर गाविसका दुई गाउँ विस्थापित हुने स्थितिमा पुगेका छन् । प्राप्चा गाविसको वडा नं. ८ र ९ तथा हर्कपुर– ९ का दुई गाउँ विस्थापित हुन लागेका हुन् । भुकम्पपछि गाउँभन्दा माथिबाट निरन्तर पहिरोसँगै डरलाग्दा चट्टान खसिरहेका छन् । ‘भूकम्पले घर चर्कियो, गाउँमाथिबाटै पहिरो आउन थाल्यो कहाँ जाने ?’ ...

४ रेक्टर स्केलभन्दा माथिका चारवटा साना भुईचालो

वैशाख २९ - सोमबार राती ४ रेक्टर स्केलभन्दा माथिका चारवटा साना भुईचालो गएको छ । मंगलबार बिहान २ बजेर ८ मिनेटमा गोरखा र धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि १२ बजेर ७ मिनेटमा धादिङ र ११ बजेर ५४ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोमबार बेलुकी ८ बजेर ३५ मिनेटमा ...

चट्याङले लागेर दुईको मृत्यु

वैशाख २९ – चट्याङ लागेर धनकुटामा दुई जनाको ज्यान गएको छ । थप दुई जना घाइते भएका छन् । धनकुटामा सोमबार बेलुका परेको चट्याङ लागेर चानुवा ९ की ४० बर्षीय भिमकुमारी विकको ज्यान गएको हो । चट्याङ लागेर गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको हो । चट्याङ लागेर त्यही ठाउँकी २० बर्षकी तिर्थमाया थापा सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ । त्यस्तै ...

चट्याङ लागेर दुई जनाको मृत्यु

गुल्मी, वैशाख २८ – चट्याङ लागेर गुल्मीमा दुई जनाको ज्यान गएको छ । सोमबार परेको चट्याङ लागेर मुसिकोट६ बगैचाकी ४३ वर्षकी सुमित्रा खराल र पौंदिअमराई –८ च्यानडाँडाका ४८ वर्षका धनि पाठकको ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ लागेर अन्य दुई जनाको घाइते भएका छन् । घाइते दुवै जनाको पाल्पाको प्रभास स्थित लुम्बिनी मेडीकलमा उपचार भैरहेको छ ...

ताजा समाचार

More

On Air

NEPALI FILMY SONGS Upto 3:00 PM

Coming Up Next

NEPAL KHABAR Upto 3:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top