Headline :

अन्तराष्ट्रिय

चालकरहित विमान आक्रमणमा १६ तालिवानी मारिए

१२ असार, अफगानिस्तानं । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा शनिबार रातभरी भएको अमेरिकी चालकरहित विमान ९ड्रोन० आक्रमणमा कम्तीमा १६ तालिवान आतङ्ककारी मारिएका छन् । सेनाद्वारा आइतबार प्रकाशित एक विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो आक्रमणमा परी तालिवानको वरिष्ठ नेता मुल्लाह जानात गुलसहित तालिवानको १६ जना सदस्य मारिएका उक्त विज्ञप्तिमा जनाइएको छ । चाहार दारा ...

अमेरिकाको विभिन्न राज्यहरु भारी वर्षा र बाढीको २६ जनाको मृत्यु

पुस १२ । अमेरिकाको मध्य दक्षिणी राज्यहरु भारी वर्षा र बाढीको चपेटामा परेका छन् । वर्षा र बाढीकै कारण अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । एक हप्तादेखि लगातार आएको आँधीमा परी थुप्रै व्यक्ति घाइते भएका छन् । मिसिसिपी राज्यमा मात्र दश जनाको मृत्यु भएको छ भने टेक्ससमा ८ र टेनेसीमा ६ जना, अर्कान्सास र अलाबामा एक÷एक जनाको मृत्यु भएको छ । ओक्लोहामा शक्तिशाली हिमआँधी आउने र १६ ...

अफगानिस्तानमा इस्लामिक स्टेटले खोल्यो आफ्नै रेडियो स्टेशन

पुस १२ । एइस्लामिक अतिवादी संगठन ‘आइएस’ले अफगानिस्तान र पाकिस्तानको सीमावर्ती क्षेत्रबाट रेडियो प्रशारण सुरु गरेको छ । अफगानिस्तानमा इस्लामिक स्टेट एवं अन्य विद्रोही संगठनविरुद्ध जारी हवाई हमला तथा सिग्नल जाम भएका कारण रेडियोको प्रभाव नदेखिएको बीबीसीले जनाएको छ । करिव दुई साता अघिबाट रेडियोको प्रशारण सुरु गरिएको जनाइएको छ । हवाई आक्रमणबाट बच्नको लागि आइएसले स्थानमा ...

अमेरिकी विदेश मन्त्री जोन केरीद्धारा अन्तराष्ट्रिय स्तरको कुटनितिक पहलबाट सिरियाको द्वन्द्व अन्तय गर्नु पर्नेमा जोड

युनिक एफएम रुकुम कार्तिक १२ । अमेरिकी विदेश मन्त्री जोन केरीले अन्तराष्ट्रिय स्तरको कुटनितिक पहलबाट सिरियाको द्वन्द्व अन्तय गर्नु पर्नेमा जोड दिएका छन् । सिरियाको आन्तरिक द्वन्द्वले मध्यपुर्वका विद्रोही संगठनलाई फाइदा भएको भन्दै केरीले कुटनितिक पहलबाट जतिसक्यो छिटो सिरियामा जारी आन्तरीक द्वन्द्व अन्तय गर्नुपर्ने बताएका हुन् । चार वर्ष देखि जारी रहेको सिरिया संकट ...

सुरक्षाकर्मीसँग भिडन्तमा भारतको जम्मु–कश्मिरमा लस्कर ए तैयबाका शीर्ष कमाण्डर अबु कासिमको मृत्यु

युनिक एफएम रुकुम कार्तिक १२ । सुरक्षाकर्मीसँग भिडन्तमा भारत प्रशासित जम्मु–कश्मिरमा लस्कर ए तैयबाका शीर्ष कमाण्डर अबु कासिमको मृत्यु भएको छ । जम्मु–कश्मिरको कुलगाम जिल्लामा भएको दुई पक्षिय मुठभेड लस्कर ए तैयबाका कामाण्डर मारिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । अबु कासिमकै निदेर्शनमा गत अगष्टमा भारतको उधमपुरमा सुरक्षाबलसँग भिडन्त भएको आरोप छ । श्रीनगरबाट ४० ...

भारतको पाञ्जावमा एक सैनिकले अन्धाधुन्द गोली हान्दा ४ जनाको मृत्यु

युनिक एफएम रुकुम कार्तिक ३ । भारतको पञ्जावमा एक सैनिकले अन्धाधुन्द गोली हानेर चार जनाको हत्या गरेका छन् । पञ्जावको संगरुर जिल्लामा छुट्टीमा घर गएका भारतीय एक सैनिकले अन्दाधुन्द गोली हानेर चार जनाको हत्या गरेको र आफूले पनि गोली हानी आत्महत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ । पारिवारिक समस्याका कारण सैनिक तनावमा रहेको र उनले आफूसँग गरेको १२ बोरको निजी बन्दुकबाट गोली ...

पाकिस्तानमा यात्रुबाहक बसमा बम विस्फोट हुँदा १० जनाको मृत्यु

युनिक एफएम रुकुम कार्तिक ३ । पाकिस्तानमा यात्रुबाहक बसमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरस्थित पार्किङमा राखिएको बस गुड्ने बितिकै विस्फोट भएको बताइएको छ । बसको छतमा विस्फोटक पदार्थ राखिएको र रिमोट कन्ट्रोलद्वारा विस्फोट गराइएको अनुसन्धानबाट खुलेको पाकिस्तानी ...

युरोपको यात्रामा रहेका हजारौं आप्रवासीहरु सिमाक्षेत्रमा अलपत्र

युनिक एफएम रुकुम कार्तिक ३ । नयाँ प्रतिबन्धहरु लागू भएपछि भित्री युरोपको यात्रामा रहेका हजारौं आप्रवासीहरु स्लोभिनीया र क्रोएशियाबीचको सिमाक्षेत्रमा अलपत्र परेका छन् । थुप्रैले चिसो र वर्षामा रात गुजार्नु परेको छ । तिनीहरुलाई रेडक्रसको हस्तक्षेप पछि ओत लाग्ने अस्थायी व्यवस्था गरिएको छ । मुख्यतया सिरिया, अफ्रिका र अफगानिस्तानका हजारौं आप्रवासीहरुले जर्मनी, स्वीडेन र ...

सिरियामा गरिएको हवाई आक्रमणबाट आइएसका ४० लडाकू मारिए

युनिक एफएम रुकुम कार्तिक २ । सिरियामा गरिएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस)का ४० लडाकू मारिएका छन् । सिरियन मानवअधिकार समूहका अनुसार हामा प्रान्तमा गरिएको उक्त आक्रमणमा थुप्रैं गाडी पनि ध्वस्त बनाइएको छ । हवाई आक्रमण रुस वा सिरियाले गरेको हुनसक्ने भए पनि अमेरिकी नेतृत्वको भने नभएको बताइएको छ । रुस पनि यसै महिनादेखि राष्ट्रपति बशर अल असदविरुद्ध रहेका समूहलाई ...

भारतले नेपालमाथि लगाएको नाकाबन्दी सार्कको भावना विपरित भएकोे बंग्लादेशी वाणिज्यमन्त्री अहमदको भनाई

युनिक एफएम रुकुम कार्तिक २ । बंगलादेशका वाणिज्यमन्त्री टोफेल अहमदले भारतले नेपालमाथि लगाएको नाकाबन्दी सार्कको भावना विपरित भएको बताएका छन् । भारतीय अखबार ‘दि हिन्दु’ सँग कुरा गर्दै बंगलादेशी वाणिज्यमन्त्री अहमदले नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई मात्र नभई समग्र सार्क क्षेत्रकै सम्बृद्धिको सम्भाव्यतालाई आघात पुराएको भन्दै उनले नाकाबन्दी चाँडै हटाउनुपर्ने ...

बढ्दो आप्रबासीको समस्या समाधानका लागि युरोपियन यूनियन इयु आबद्ध मुलुक र टर्कीबीच संयुक्त कार्ययोजनामा सहमति

असोज २९ – बढ्दो आप्रबासीको समस्या समाधानका लागि युरोपियन यूनियन इयु आबद्ध मुलुक र टर्कीबीच संयुक्त कार्ययोजनामा सहमति भएको छ । इयुका नेता र टर्कीबीच ब्रसेल्समा भएको बैठकमा युरोप प्रवेश गरिरहेको आप्रबासीको संख्या नियन्त्रण गर्ने गरी संयुक्त कार्ययोजनामा सहमति भएको हो । आप्रबासीको संख्या नियन्त्रण गर्ने संयुक्त कार्ययोजनामा सहमतिका लागि टर्कीले इयु समक्ष केही मागहरु ...

नाइजेरियाको उत्तर पुर्वी शहरमा भएको दुई छुट्टछुट्टै विस्फोटमा परी ३० जनाको मृत्यु

असोज २९ – उत्तर पुर्वी नाइजेरियाको मैडुगुडी शहरमा मस्जितमा भएको दुई छुट्टछुट्टै विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ । मस्जिदमा नमाज पढिरहेका माझ भएको विस्फोटका कारण मस्जिद पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । शुक्रबारको प्राथना गरिरहेको मानिसलाई लक्षित गरी एक आत्मघाती हमलाकारीले पहिलो विस्फोट गराएको विविसीले जनाएको छ । पहिलो विस्फोट पछि मानिसहरुमा भागदौड मच्चिएको र सोही ...

उत्तर कोरियाका सर्वोच्च नेता किम जोनउनले युद्धको तयारी गर्न सेनालाई निर्देशन

img1

भदौ ४,– उत्तर कोरियाका सर्वोच्च नेता किम जोनउनले युद्धको तयारी गर्न सेनालाई निर्देशन दिएका छन् । आफ्नो मुलुकविरुद्ध दक्षिण कोरियाले प्रचारबाजी गरेको भन्दै उत्तर ...

हमलामा कम्तीमा १० जनाको मृत्यु

साउन ,२५ – उत्तरी मालीको गबेरी गाउँमा भएको एक हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ । माली सेनाका प्रवक्ता सुलेमान म्यागाले सामुदायिक टकरावका कारण उक्त हमला भएको हुन सक्ने वताएका छन् । त्यहाँका स्थानीयवासीले पनि समुदाय–समुदायबीच रिसिईबी रहेकाले अर्को समुदायका व्यक्तिहरुले आक्रमण गरेको हुन सक्ने प्रतिक्रिया दिएका छन् । एक दिन अघि केन्द्रीय शहर सेवारेमा भएको चरम्पन्थी ...

भारतको झारखण्ड प्रान्तमा रहेको बाबा बैद्यनाथ मन्दिरमा भएको भागदौडमा कम्तीमा ११ जनाको मृत्यु

साउन ,२५ – भारतको झारखण्ड प्रान्तमा रहेको बाबा बैद्यनाथ मन्दिरमा भएको भागदौडमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । देवघरका उपाध्यक्ष अमित कुमारका अनुसार आज बिहान साढे चार बजे भएको भाग दौडमा अरु १७ जना घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । बिहान बैद्यनाथको मुर्तीमा जलधार चढाउने समयमा भक्तजनको बीचमा आगो लागेपछि भाग दौड मच्चिएको थियो । हिजो ...

समुन्द्रीक आधाँका कारण चिनको दक्षिणपुर्वमा ५ जनाको मृत्यु

साउन,२४– लगातारको बर्षासंगै आएको समुन्द्रीक आधाँका कारण चिनको दक्षिणपुर्वमा ५ जनाको मृत्युभएको छ । करिब दुईलाख भन्दा धेरै मानिस विस्तावित भएका छन् । तिव्र गतिमा आएको सामुन्द्रीक आधिका कारण सञ्चार,विद्युत,यातायात सबै ठप्प रहेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । आधीका कारण चिनको दक्षिणपुर्वको फुजियन प्रान्त पुर्णरुपमा प्रभावित भएकाले सुरक्षीत स्थानमा ...

काबुलमा दुई वटा शक्तिशाली विस्फोटमा कम्तिमा २० जनाको मृत्यु

साउन,२३– अफगानिस्तानको राजधानी काबुलमा दुई वटा शक्तिशाली विस्फोटमा कम्तिमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा गरी कयौं घाइते भएका छन् । प्रहरी प्रशिक्षण केन्द्रबाहिर हिजो साँझ भएको आत्मघाती विस्फोटमा २० जनाको मृत्यु भएको छ । आत्मघाती हमलापछि विमानस्थल नजिक गोलाबारीसमेत भएको थियो । तालिवानी लडाकुले प्रहरी प्रशिक्षण केन्द्रमा गराइएको आत्मघाती विस्फोटको जिम्मा लिएको छ । ...

पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा एक सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १२ जनाको मृत्यु

साउन,२२– पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा एक सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सेनाका अनुसार चिकित्सक तथा मेडिकल कर्मचारी सवार उक्त हेलिकोप्टर खैबर पख्तुनख्वा प्रान्तको पहाडी इलाकामा दुर्घटनामा परेको हो । सेनाका अनुसार खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको हो । पाकिस्तानको रावलपिण्डीबाट गिलगिट तर्फ जाँदै गरेको हेलिकोप्टर ...

ताजा समाचार

More

On Air

NEPALI FILMY SONGS Upto 3:00 PM

Coming Up Next

NEPAL KHABAR Upto 3:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top