Headline :

खेलकुद

राष्ट्रिय टोलीबाट नखेल्ने मेस्सीको घोषणा

अर्जेन्टिना र बार्सिलोनाका २९ वर्षे फरवर्ड लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चिलीविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपछि यी विश्वप्रसिद्ध फुटबल खेलाडी अर्जेन्टिनी टेलिभिजनसंग कुरा गर्दै थिए। चिलीसंग अर्जेन्टिना ‘टाइब्रेकर’मा पराजित भएको थियो। उनले भने, “मेरो लागि राष्ट्रिय टोलीबाट ...

फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोले प्रतियोगितामा फेरी अर्को कीर्तिमान बनाउने मौका पाए

१२ असार युरो कप फुटबल अन्तर्गत पर्चुगलका चर्चित फुटबल हस्ती क्रिस्चीयानो रोनाल्डोले प्रतियोगितामा फेरी अर्को कीर्तिमान बनाउने मौका पाएका छन् । समूह चरणको अन्तिम खेलमा गोल गर्दै लगातार चार वटा युरो कपमा गोल गर्ने पहिलो खेलाडी बनेका रोनाल्डोले शनिबार मध्य राती क्रोएशिया बिरुद्धको हुने खेलमा गोल गर्न सके मिस्याल प्लेटिनिको नाममा रहेको युरो कपमा सर्वाधिक ९ गोलको ...

बंगलादेशमा आगामी वर्षको फेब्रुअरीमा टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगिता हुने

युनिक एफएम रुकुम कार्तिक १२ । बंगलादेशमा आगामी वर्षको फेब्रुअरीमा टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा एसियाका टेष्ट मान्यता प्राप्त चार राष्ट्र तथा एउटा एसोसियटेड राष्टले सहभागित जनाउने छन् । प्रतियोगिता आगामी वर्षको फेब्रुअरी २४ देखि मार्च ६ सम्म सञ्चालन हुने बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले घोषणा गरेका छन् । ...

फिफ बालोन डी’ओर २०१५ का लागि खेलाडीको मनोनयन सार्वजनिक

युनिक एफएम रुकुम कार्तिक ३ । अन्तर्रा्ष्ट्रिय फुटबल एशोसियसन फिफाले फिफ बालोन डी’ओर २०१५ का लागि खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बालोन डी’ओर २०१५ का लागि चार पटकका विजेता स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी तथा अहिलेका विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसहित २३ मनोनयन सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने २३ खेलाडीमा बार्सिलोनाका लियोनल ...

उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपालले तेस्रो जित दर्ता,अमेरिका ६ विकेटले पराजित

युनिक एफएम रुकुम कार्तिक २ । उन्नाइस वर्षमुनिकाको आइसिसी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा अमेरिकालाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा अमेरिकाले दिएको एक सय ९ रनको विजय लक्ष्य नेपालले १७.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालले निर्धारित ४८ ओभरको खेलमा ४ विकेट गुमाएर १७.५ ओभर खेल्दै एक सय १४ रन जोडेको हो । यसअघि ...

हाल सम्मकै सर्वाधिक राशीको रुकुम कप फुटबल प्रतियोगिता आज रुकुमकोटमा उद्घाटन

असोज २१–रुकुममा हाल सम्मकै सर्वाधिक राशीको रुकुम कप फुटबल प्रतियोगिता आज रुकुमकोटमा उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी अन्तरवहादुर सिवलावले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । आज देखि सुरु भएको प्रतियोगिता २३ गते सम्मसञ्चालन हुने छ । प्रतियोगिताको आयोजना समृद्ध समाज नेपालले गरेको हो । समाजका अनुसार विजेता हुनेले ६० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने ...

तेक्वान्दो च्याम्पियनसिपामा भाग लिन नेपाली टोली आज टर्कीको साम्सन जार्दै

भदौ,२७– छैटौं डब्लुटिएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपामा भाग लिन नेपाली टोली आज टर्कीको साम्सन जार्दै छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा नेपालबाट पुरुषबाट ४३ केजि समुहमा अनित थापा र चिन्ताबहादुर कुँवरले प्रतिस्र्धा गर्नेछन् । त्यस्तै महिला ४४ केजि समुहबाट सीता भण्डारीले भाग लिनेछिन् । टोलीमा व्यवस्थापक रवि थापा,प्रशिक्षक कल्याण कँुवरपनि सहभागि हुने ...

इंग्लिस प्रियिमर लिग फुटबलमा उपाधि दावेदार आर्सनल पहिलो खेलमै पराजित

साउन ,२५ – इंग्लिस प्रियिमर लिग फुटबलमा उपाधि दावेदार आर्सनल पहिलो खेलमै पराजित भएको छ । आर्सनललाई लण्डन प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाईटेडले २–० ले पराजित गरेको हो । वेष्ट ह्यामका लागि कोयाटे र जाराटेले एक–एक गोल गरेक छन् । उता लिभरपुलले भने स्टोक सिटी विरुद्ध जित निकाल्दै लिगमा विजयी सुरुवात गरेको छ । स्टोक सिटीको मैदानमा भएको खेलमा लिभरपुल १–० ले विजयी भयो । खेलमा ...

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा चेल्सी र स्वान्सी बराबरीमा रोकिए

साउन,२४– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा चेल्सी र स्वान्सी बराबरीमा रोकिएका छन् । गएको संस्करणको विजेता चेल्सीले स्वान्सीसँग २–२ गोलको बराबरी गरेको हो । यस्तै राती नै भएको अर्को खेलमा एभर्टन र वाटफोर्डले पनि २–२ को बराबरी गरेका छन् । अरु खेलमा भने एस्टोन भिल्ला, लिसेस्टर सिटी, क्रिस्टल प्यालेस र म्यान्चेस्टर सिटी विजयी भएका छन् । लिसेस्टर सिटीले ...

क्रिकेट खेल्न नेपाली टोली गयराती मलेसिया प्रस्थान

साउन,२३– भूकम्प पीडितलाई सहयोग जुटाउने उद्धेश्यले आयोजना गरिएको व्याट फर नेपाल क्रिकेट खेल्न नेपाली टोली गयराती मलेसिया प्रस्थान गरेको छ । कप्तान पारस खड्का सहित १५ सदस्यीय टोली राती साढे १० बजे त्यसतर्फ प्रस्थान गरेको क्रिकेट संघ क्यानले जनाएको छ । पारिवारिक कारण देखाउदै उपकप्तान ज्ञानेन्द्र मल्ल मलेसिया नजाने भएपछि उनको स्थानमा नरेश बुढाएरले मौका पाएका छन् । ...

इंग्ल्यान्डविरुद्धको चौथो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले खराब प्रदर्शन

साउन,२२– इंग्ल्यान्डविरुद्धको चौथो टेष्ट क्रिकेटमा अष्ट्रेलियाले खराब प्रदर्शन गरेको छ । इंग्ल्यान्डको नटिंघममा हिजो सुरु भएको चौथो टेष्टको पहिलो ईनिङ्मा पाहुना टोली अष्ट्रेलिया ६० रनमै अल आउट भयो । अष्ट्रेलिायका लागि मिचेल जोन्सनले १३ रन तथा माईकल क्लार्कले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । हिजोनै आफ्नो पहिलो ईनिङ् सुरु ...

नेपाल ओलम्पिक कमिटीको साधारणसभा आज हुँदै नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउने

साउन २१– नेपाल ओलम्पिक कमिटीको साधारणसभा आज हुँदैछ । साधारणसभाले नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउनेबारे छलफल गर्नेछ । आज हुने भनिएको चुनाव रोक्न पुनरावेदन अदालत पाटनले हिजो निषेधाज्ञासहितको अन्तरिम आदेश जारी गरेपछि यसबारे अन्तिम निर्णय गर्ने अधिकार साधारणसभालाई दिईएको ओलम्पिक कमिटिका महासचिव जिवनराम श्रेष्ठले बताए । नेपाल कुस्ती संघका अध्यक्ष ...

एशियन किक बक्सिङ च्याम्पियनसिप २०१५ मा नेपालकी रिजन थापा मगरले रजत पदक जिते

साउन २०– भारतको पुनेमा आयोजना भइरहेको वाको एशियन किक बक्सिङ च्याम्पियनसिप २०१५ मा नेपालकी रिजन थापा मगरले रजत पदक जितेकी छिन् । उनले ६० के.जी तौल समुहमा लाइट किक विधा अन्तर्गत रजत पदक जितेकी हुन् । रिजन फाइनल खेलमा भारतकी योगीता खाडेसँग १०–६ ले पराजित भइन् । सन् २०१७ मा पेरुमा हुने विश्व किक बक्सीङ च्याम्पीयनसिपको छनोट चरण समेत रहेका यस प्रतियोगिताको अन्य विधाको विभिन्न तौल ...

नेपालले भोलि स्कटल्याण्ड विरुद्ध दोस्रो खेल खेल्ने

श्रावण १४ –विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा नेपाल झिनो अन्तरले पराजित भएको छ । हिजो साँझ स्कटल्याण्डको आयरमा भएको खेलमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको हो । वर्षाका कारण प्रभावित भएको खेल ३६ ओभरमा छोट्याइएको थियो । स्कटल्याण्डले प्रस्तुत गरेका २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३६ ओभरमा पाँच विकेटको क्षतिमा २ सय ३२ रन मात्र बनाउन सक्यो । ...

वल्र्ड स्विमीङ च्याम्पियनशिपमा भाग लिन नेपाली टोली आज रुस जादै

साउन,१२– वल्र्ड स्विमीङ च्याम्पियनशिपमा भाग लिन नेपाली टोली आज रुस जादैछ । प्रतियोगितामा सहभागि हुन सोफिया शाह, शिरिष गुरुङ र किरण कार्की त्यसतर्फ जादैछन । गौरीका सिंह भने प्रशिक्षणका क्रममा लण्डनमा रहेकाले उतैबाट प्रतियोगितामा आउने टिम म्यानेजर बासुदेव निरौलाले बताउनुभयो । शिरीषले ५० र सय मिटरको फ्री स्टाईल, किरणले ५० र सय मिटर ब्रेस्ट स्ट्रोकमा भाग लिनेछन । त्यस्तै ...

विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि स्कटल्याण्ड र नेदरल्याण्ड्सले संयुक्त रुपमा जित

साउन ,११–विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि स्कटल्याण्ड र नेदरल्याण्ड्सले संयुक्त रुपमा जितेका छन् । आयरल्याण्डको डब्लिनमा हुनुपर्ने फाइनल खेल वर्षाले गर्दा सम्भव नभएपछि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले फाइनलमा पुगेका दुबै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरेको हो । यसअघि तेस्रो स्थानमा लागि हुनुपर्ने खेल पनि वर्षाले अवरुद्ध भएसँगै ...

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने

साउन १०– ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट छनौट प्रतियोगिताको उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ । खेल साझ सात बजेबाट सुरु हुने छ ।गएराति सम्पन्न खेलमा नेदरल्याण्डले आयरल्याण्डलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । आयरल्याण्डले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य नेदरल्याण्डले १८ दशमलव १ ओभरमा ५ विकेटको क्षेतिमा भेट्टायो । ...

पुर्व राष्ट्रिष्य खेलाडी र नेपाल खेलकुद पत्रकार बीच भएको मैत्रिपुर्ण खेलमा पुर्व राष्ट्रिय खेलाडहरु विजयी

साउन ,९–पुर्व राष्ट्रिष्य खेलाडी र नेपाल खेलकुद पत्रकार बीच भएको मैत्रिपुर्ण खेलमा पुर्व राष्ट्रिय खेलाडहरु विजयी भएका छन् । पुर्ब राष्ट्रिय खेलाडी हरि खडकाको कप्तानिमा मैदान उत्रेको टोलीले नेपाल खेलकुद पत्रकार मञ्चलाई ७–६ हरायो। समाखुसी फुट्सल मैदानमा सम्पन खेलमा पुर्ब राष्ट्रिय टोलीका लागि अनन्त थापाले ब्यतिगत ह्याट्र्क पूरा गरे, त्यस्तै हरि खड्का र सन्देश ...

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top