Headline :

भारतले नेपालमाथि लगाएको नाकाबन्दी सार्कको भावना विपरित भएकोे बंग्लादेशी वाणिज्यमन्त्री अहमदको भनाई

युनिक एफएम रुकुम
कार्तिक २ । बंगलादेशका वाणिज्यमन्त्री टोफेल अहमदले भारतले नेपालमाथि लगाएको नाकाबन्दी सार्कको भावना विपरित भएको बताएका छन् । भारतीय अखबार ‘दि हिन्दु’ सँग कुरा गर्दै बंगलादेशी वाणिज्यमन्त्री अहमदले नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रलाई मात्र नभई समग्र सार्क क्षेत्रकै सम्बृद्धिको सम्भाव्यतालाई आघात पुराएको भन्दै उनले नाकाबन्दी चाँडै हटाउनुपर्ने उल्लेख गरेका छन् ।
नाकाबन्दीले दुई पक्षीय मामिलामात्र नभई सार्क सदस्य राष्ट्रहरुको साझा सम्बृद्धिको योजनालाई आघात र्पुयाउने सम्भावना रहेको उनको भनाइ थियो । मन्त्री अहमदले भारतले लगाएको नाकाबन्दी दक्षिण एसियाको क्षेत्रीय साझेदारीको भावनाअनुरुप नभएको बताए ।
यसवर्षको जुनमा नेपाल, भारत र बंगलादेशबीच व्यवसायिक सवारीसाधनको आवातजावत सहजीकरण गर्ने उद्देश्यका साथ बिबिआइएन ट्रान्सपोर्ट नेटवर्कको संरचना निर्माणमा सहमति भएको थियो । भारतीय नाकाबन्दीले बिबिआइएन जस्तो सहमतिमाथि प्रहार गरेको बंगलादेशी वाणिज्य मन्त्रीको भनाइ छ
 

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top