Headline :

फिफ बालोन डी’ओर २०१५ का लागि खेलाडीको मनोनयन सार्वजनिक

युनिक एफएम रुकुम
कार्तिक ३ । अन्तर्रा्ष्ट्रिय फुटबल एशोसियसन फिफाले फिफ बालोन डी’ओर २०१५ का लागि खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले बालोन डी’ओर २०१५ का लागि चार पटकका विजेता स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी तथा अहिलेका विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसहित २३ मनोनयन सार्वजनिक गरेको हो । मनोनयनमा पर्ने २३ खेलाडीमा बार्सिलोनाका लियोनल मेस्सीसहित आन्द्रेस इनिएसटा, लुइस स्वारेज, जाभियर मासेरानो, नेइमार र इभान रेकिटिक गरी ६ खेलाडी मनोनयनमा परेका छन् । यस्तै रियल मिड्रडका रोनाल्डोसहित ग्यारेथ बेल, करिम बेन्जिमा, टोनी क्रोस र जेम्स रोड्रिग्वेज गरी पाँच खेलाडी मनोनयनमा परेका छन् । यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, केभिन डि ब्राउन र याया टुरे मनोनयनमा परेका छन् । जर्मन क्लब बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, थोमस मुलर, म्यानुअल नुयर, आर्जेन रोबिन तथा गएको सिजन युभेन्टसबाट खेलेका र अहिले बार्यनमा रहेका अटुरो भिडाल पनि मनोनयनमा परेका छन् । चेल्सीका इडेन हेजार्ड, आर्सनलका एलेक्स सान्चेज, पेरिस सेन्ट जर्मेनका जाल्टान इब्राहिमोविच तथा इटालियन क्लब युभेन्टसका पउल पोग्बा पनि मनोनयनमा परेका छन् । यस्तै फिफाले पुरुष फुटबल तर्फ वर्ष प्रशिक्षकका लागि पनि मनोनयन सार्वजनिक गरेको छ । वर्ष प्रशिक्षकमा फिफाले १० जना प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । बालोन डी’ओर २०१५ को विजेता मनोनयनमा परेका खेलाडीहरुको टिमका कप्तान तथा मुख्य प्रशिक्षकको मत तथा फ्रेन्च प्रकाशक फ्रान्स फुटबलले छनौट गरेका अन्तर्रा्ष्ट्रिय खेल पत्रकारको मतबाट छनौट गरिने छ । विजेताको घोषणा सन् २०१६ को जनवरी ११ मा स्वीजरल्याण्डको ज्यरिचमा हुने समारोहमा गरिने छ ।

ताजा समाचार

More

On Air

SISAKO KURSHI COMEDY SECOND PHASE LIVE Upto 4:00 PM

Coming Up Next

UNIQUE NEWS Upto 4:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top