Headline :

अफगानिस्तानमा इस्लामिक स्टेटले खोल्यो आफ्नै रेडियो स्टेशन

पुस १२ ।
एइस्लामिक अतिवादी संगठन ‘आइएस’ले अफगानिस्तान र पाकिस्तानको सीमावर्ती क्षेत्रबाट रेडियो प्रशारण सुरु गरेको छ ।
अफगानिस्तानमा इस्लामिक स्टेट एवं अन्य विद्रोही संगठनविरुद्ध जारी हवाई हमला तथा सिग्नल जाम भएका कारण  रेडियोको प्रभाव नदेखिएको बीबीसीले जनाएको छ । करिव दुई साता अघिबाट रेडियोको प्रशारण सुरु गरिएको जनाइएको छ । हवाई आक्रमणबाट बच्नको लागि आइएसले स्थानमा परिवर्तन गर्ने गरेको छ ।
 विश्लेषकहरुका अनुसार आइएसले कुनै खास वाहनमा रेडियो स्टेशन स्थापना गरेको छ, जसलाई आवश्यकता अनुसार समय–समयमा स्थान परिवर्तन गर्न सजिलो होस् । इस्लामिक स्टेटले सञ्चालन गरेको रेडियो दैनिक साँझ एकदेखि दुई घण्टासम्म सञ्चालन हुने गरेको छ ।
 रेडियो कार्यक्रममा अन्तरवार्ता, आइएसको सन्देश र जेहादी गीत प्रशारण हुँदै आएको छ । रिपोर्टका अनुसार रेडियो प्रशारणमार्फत आइएसले आफ्नो छवी बढाउने प्रयास गरेको छ । इस्लामिक स्टेटको गतिविधि अफगानिस्तानको परम्परा एवं विश्वासको बिरुद्ध भएको भन्दै हजारौैँ मानिस त्यस स्थानबाट पलायन भएका छन् ।
 

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top