Headline :

अमेरिकाको विभिन्न राज्यहरु भारी वर्षा र बाढीको २६ जनाको मृत्यु

पुस १२ ।
अमेरिकाको मध्य दक्षिणी राज्यहरु भारी वर्षा र बाढीको चपेटामा परेका छन् । वर्षा र बाढीकै कारण अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । एक हप्तादेखि लगातार आएको आँधीमा परी थुप्रै व्यक्ति घाइते भएका छन् ।
 मिसिसिपी राज्यमा मात्र दश जनाको मृत्यु भएको छ भने टेक्ससमा ८ र टेनेसीमा ६ जना, अर्कान्सास र अलाबामा एक÷एक जनाको मृत्यु भएको छ । ओक्लोहामा शक्तिशाली हिमआँधी आउने र १६ इन्चसम्मको हिउँ जम्नसक्ने चेतावनी अधिकारीहरुले दिएका छन् । मिसिसिपीमा ५६ जना घाइते हुनुका साथै चार सय घर ध्वस्त भएको खबर छ ।
दक्षिण अमेरिकी राज्यहरु पनि ५० वर्ष यताकै सबैभन्दा खराब बाढीको चपेटमा परेका छन् । पाराग्वे, अर्जे्न्टिना, उरुग्वे र ब्राजिलमा बाढीमा फसेका डेढ लाखभन्दा बढी व्यक्तिको उद्दार गरिएको छ ।
पाराग्वेमा मात्र एक लाख ३० हजार व्यक्ति आफ्नो घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । अर्जे्न्टिनामा २० हजार व्यक्ति सुरक्षित स्थानतर्फ लागेका छन् । उता, अमेरिकाकै शिकागोमा प्रहरी कारवाहीमा दुई जना मारिएका छन् । पश्चिम शिकागोस्थित एक घरेलु झगडामा प्रहरीले गोली चलाउँदा उनीहरु मारिएका हुन् ।
प्रहरी कारवाही १९ वर्षीय एक युवक र ५० वर्षीया एक महिला मारिएका छन् । दुबैजना काला समुदायको रहेको बताइएको छ । घरेलु समस्या सुल्झाउन जाँदा एक हिंस्रक युवासँग जम्काभेट भएपछि गोली चलाउनु परेको प्रहरीले जनाए पनि उक्त युवाको आमाले भने आरोप अस्वीकार गरेकी छिन् ।
 

ताजा समाचार

More

On Air

NEPALI FILMY SONGS Upto 3:00 PM

Coming Up Next

NEPAL KHABAR Upto 3:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top