Headline :

नेपालीको मन फर्काउने मोदीको प्रयास

मिलन तिमिल्सिना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डेढ वर्षअघि नेपाल भ्रमण आउँदा उनको बोली र व्यवहारले धेरै नेपालीको मन जित्यो । तर नेपालमा संविधान जारी हुने बित्तिकै नाकाबन्दी लगाएर उनले आफूलाई औधी मन पराउने तिनै नेपाली फ्यानलाई चिढ्याए । अहिले तिनै मोदीले नाकाबन्दी गरेर नेपालीको चित्त दुखाएकै छैन झैं गरी डेढ वर्षअघि नेपाल आएको बेलामा जस्तै दिल्लीबाट नेपालीको मन जित्ने कोशिस गरेका छन् । दैनिक जनजीवन नै कष्टकर हुनेगरी भारतले नेपालमा लगाएको नाकाबन्दी नेपालीले बिर्सन सकेका छैनन् । इन्धन अभाव, कालोबजारी र महंगी हट्न नसकेकाले नाकाबन्दीको असर कायमै छ । नाकाबन्दी खुलेपनि यसको असर कायमै रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भारत भ्रमणमा हुनुहुन्छ । दुई देशबीचको आपसी सम्बन्ध सुदृढ बनाउने मुख्य उदेश्यले भएको भ्रमणमा केही समझदारीमा हस्ताक्षर पनि भएको छ । 

शनिबार मध्यान्न ओली र मोदीबीच झण्डै पौने घण्टा एक्लाएक्लै भेटवार्ता भयो । दुई प्रधानमन्त्रीबीच भएको भेटवार्ताको विस्तृत कुरा सार्वजनिक नभएपनि लगत्तै आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा आपसी सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएका ओली र मोदी दुवैले बताए । तर पत्रकार सम्मेलनमा बोल्ने क्रममा मोदीले नाकाबन्दीका कारण उत्पन्न असमझदारीबारे केही बोलेनन् । प्रधानमन्त्री ओलीले नाकाबन्दी भन्ने शब्द नखुलाएपनि केही महिनादेखि दुई देशबीच देखिएको असझमदारी हटाएर आपसी सम्बन्ध पहिलेकै अवस्थामा ल्याउन आफू भारत भ्रमणमा आएको बताए ।

सँगै उभिएर पालैपालो बोल्ने क्रममा ओलीले अंग्रेजीमा लिखित भाषण पढेका थिए भने मोदीले चाहिँ हिन्दीमा बोलेका थिए । ओली भन्दा पहिले बोलेका मोदीले सुरुमै आजको यो दिन नेपाल भारत मैत्री इतिहासको महत्वपूर्ण दिन भएको उल्लेख गरे । पदभार ग्रहणपछि पहिलो विदेश यात्राको क्रममा भारत आएको भन्दै उनले ओलीको प्रशंसा र स्वागत गरे ।

उनले नेपाली नागरिकलाई गौरवशाली जनताको उपमा दिंदै नेपालीले भारतप्रति अथाह प्रेम र सद्भाव गर्ने गरेको भन्दै अभिनन्दन गरे । यस्तै नेपाली जनताको आशा, आकांक्षा, जागरुकता र विवेकको सम्मान गरे । उनले नेपालका दिवंगत नेता सुशील कोइरालाको योगदान अविस्मरणीय रहेको भन्दै सम्मान प्रकट गरे । नेपाल र भारतबीचको सम्बन्धलाई मोदीले हिमाल र गंगासँग तुलना गरे । ‘हिमालयको अखण्डता र गंगाको पवित्रता दुई देशबीचको सशक्त सम्बन्धको साझी छ’ उनले भने । नेपालमा शान्ति, स्थिरता र आर्थिक विकास भारतको चाहना रहेको भन्दै मोदीले नेपाल र नेपालीको हितमा जे गर्न पनि तयार रहेको जस्तो गरी कुरा गरे । 

यसअघि नेपालको संविधानलाई खुलेर स्वागत गर्न नसकेका मोदीले नेपालको संविधानलाई दशकौं संघर्षपछि प्राप्त महत्वपूर्ण उपलब्धी भनेर प्रशंसा गरे । संविधान बनाउन नेपाली नागरिक, दल र सरकारको महत्वपूर्ण योगदान रहेको भन्दै अभिनन्दन गरे । तर यसको सफलता सहमति र संवादमा निर्भर हुन्छ भन्दै उनले मधेसी मोर्चाको मागतर्फ संकेत गरे । वार्ताको माध्यमबाट सवै वर्गलाई साथमा लिएर संविधानमा जोडिएका सबै मुद्दाको सन्तोषजनक निवारण हुनेमा मोदीले विश्वास व्यक्त गरे । 

संविधान बनेकोमा प्रशंसा व्यक्त गरेपनि सबै वर्गलाई साथमा लिएर सम्बन्धित मुद्दाको सन्तोषजनक निवारण गर्नुपर्नेमा जोड दिनुले भारत अझै मधेसको विषयमा पुरानै अडानमा छ भन्ने मोदीले संकेत गर्न खोजेका छन् । तैपनि प्रधानमन्त्री ओलीको भव्य स्वागत र नेपालको प्रशंसा गरेर उनले उसैगरी आम नेपालीको मन जित्ने प्रयास गरेका छन् ।

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top