Headline :

पार्टी एकता भाषण गरे जस्तो सजिलो छैन : वैद्य

uniquefm-img

काठमाडाैं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकता भाषण गरे जस्तो सजिलो नभएको बताएका छन् ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हरेकजसो सार्वजनिक कार्यक्रमहरुमा माओवादीहरुबीच छिट्टै एकता हुने बताउँदै आएकामा माओवादीका अध्यक्ष वैद्यले छलफल र बहस नै नगरी पार्टी एकताको सस्तो प्रचारवाजी नगर्न दाहाललाई चेतावनी दिए।

माओवादी अध्यक्ष वैद्यले शुक्रबार ललितपुरमा सुरु भएको नेवाः राज्यस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा दाहालले छिट्टै पार्टी एकता हुने भाषण गरिरहेपनि एकताका विषयमा आफूसँग छलफल नै नभएको बताए। उनले आफू पनि माओवादी पार्टीहरुबीच एकताको पक्षमा रहेको तर कसैलाई हतार भयो भनेर हतार हतारमा एकता सम्भव नरहेको बताए।

माओवादी अध्यक्ष वैद्यले पार्टी एकता गर्नु पहिले माओवादी पार्टी ६ टुक्रामा विभाजन हुनुको कारणबारे समीक्षा गरिनुपर्ने बताए। उनले संविधानलाई जनविरोधी भनी जलाउने र विश्वकै उत्कृष्ट भनेर प्रचार गर्ने पार्टीबीच एकता सजिलो नरहेको समेत बताए। उनले आफू एमाओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनका लागि नभइ समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको तर एकताका लागि विचारमा एकरुपमा कायम गर्न अनिवार्य रहेको बताए।

माओवादी अध्यक्ष वैद्यले पिछडिएको जातजाति, वर्ग र समुदायका हक अधिकार अझै पनि सुनिश्चित नभएको र जनताको जीविकाका सवालमा सरकारले केही काम गर्न नसकेको भन्दै संविधान जारी भयो भनेर ढुक्क नहुन सत्तारुढ दलहरुलाई चेतावनी दिए। माओवादीको नेवाः राज्यस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम फागुन २१ गतेसम्म संचालन हुने छ।

ताजा समाचार

More

On Air

REPEAT MUSIC THROUGH Upto 05:00 AM

Coming Up Next

ALL VAJAN Upto 05:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top