Headline :

कांग्रेस महाधिवेशन आजदेखि : देउवा अगाडि, पौडेल दोस्रो, सिटौला तेस्रो नम्बरमा

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आइतबार हुने निर्वाचनमा सभापति पदका प्रत्याशी वरिष्ठ नेता शेरबहादुर देउवा अग्रस्थानमा रहेको नागरिक सर्वेक्षणले औंल्याएको छ। अर्का प्रत्याशी रामचन्द्र पौडेल दोस्रो र महामन्त्री कृष्णप्रसाद सिटौला ठूलो मतान्तरले तेस्रो स्थानमा देखिन्छन्। निर्णायक शक्ति भने दुवै प्यानलसँग छैन, प्यानलबाहिर रहेको २५ प्रतिशत मतदाताबाटै सभापति कसले जित्छ भन्ने निक्र्यौल हुने सर्वेक्षणको नतिजा छ।

अनुसन्धानात्मक विभाग ‘रिसर्च ब्युरोु (एनआरबी) ले मुलुकभरका ८ सय ६५ महाधिवेशन प्रतिनिधिबीच गरेको सर्वेक्षणमा देउवालाई भोट हाल्छु भन्नेहरू ३९ प्रतिशत छन् । सभापतिमा पौडेललाई रोज्नेहरू २६ प्रतिशत र सिटौलालाई चाहनेहरू ६ प्रतिशत देखिन्छन् ।’

सर्वेक्षणमा भाग लिनेमध्ये एकचौथाइ अर्थात् २५ प्रतिशतले सभापतिमा भोट कसलाई हाल्ने भन्दा ‘भन्न चाहन्न’ भन्ने जवाफ दिए । सभापति प्रत्याशीमा नाम चलाएका महामन्त्री प्रकाशमान सिंहलाई भोट हाल्न चाहनेहरु १ प्रतिशत, नेत्री सुजाता कोइरालालाई जिताउँछु भन्नेहरू १ प्रतिशत र अन्य कसैलाई मत हाल्छु भन्नेहरू २ प्रतिशत संख्यामा देखिए ।

एनआरबीले नेपाली कांग्रेसको भावी सभापतिको हुने रु कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा वा महामन्त्री कृष्ण सिटौला वा अरू कोही रु भन्ने मूल प्रश्न राखेर फागुन दोस्रो सातादेखि फागुन १८ गतेसम्म सर्वेक्षण गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

ताजा समाचार

More

On Air

PRABHAT BANI Upto 06:15 AM

Coming Up Next

BANI BAHASH Upto 07:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top