Headline :

खोटाङ दुर्घटना : मृतक २२ मध्ये १६ जनाको सनाखत

uniquefm-img

काठमाडौं – दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा चालकसहित २२ जनाको मृत्यु भएको छ, भने ३२ जना घाइते भएका छन् ।
मृत्यु हनेमा ७ जना महिला र १५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । अहिले घटनास्थलमा मृत्यु हुनेहरुको सनाखत गर्न लागिएको जनाइएको छ ।
२३ जना घाइतेलाई करिब १५ मिनेट अगाडि सेनाको हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं ल्याइएको छ । बाँकी ७ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, भने २ जनालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई, बजुनारायण श्रेष्ठ, उदिम राई, हेम सुनुवार, ओमश्री राई, खोटाङ निर्मालीका विमला राई, सन्तोष कटवाल, सबिन राई, प्रेम राई, रबिन राई, सुरेन्द्र राई, डिकुवाका मेजर राई, याम्खाका भैरव राई, खार्मीकी नेत्रकुमारी राई, सुङ्देलका गोविन्द तिमिल्सना, सोलुखुम्बुकी सुस्मा राई र सोलखुम्बुकै सोम सुन्दासको सनाखत भएको सशस्त्र प्रहरी हलेसी गुल्मका निरीक्षक फुर्गेली शेर्पाले बताए । अन्यको सनाखत हुन सकेको छैन ।

त्यस्तै गम्भिर घाइते हुनेहरुमा उदयपुरका खेमराज राई, जक्सन राई, ढक बहादुर राई, अमर बहादुर मगर, विलकशेर राई, खोटाङका सर्मिला राई, राम कुमार राई, रेश्मा राई, निलम राई, प्रशान्त राई, सजिना वर्देवा, मिलन राई, शुक्र राई, मनोन बस्नेत, देवका कटवाल, खड्क बहादुर राई, प्रेम कुमार राई, धनुषाका रघुनाथ शाह, मोरङका सविन खनाल र पाँचथरका नरेन्द्र अधिकारी रहेका छन् भने ३ जनाको नाम खुलेको छैन् ।
उनीहरुलाई नेपाली सेनाका हेलिकप्टरबाट उपचारको लागि काठमाडौं ल्याइएको छ ।

सामान्य घाइते हुनेहरुमा ओखलढुङ्गाका सहचालक तेन्जी शेर्पा, उदयपुरका विष्णु राई, शाम्दु राई, तिलक राई, सविन राई, राजकुमार राई, देवेन्द्र राई खोटाङका किशोर राई रहेका छन् । उनीहरुको हलेसीस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
 

ताजा समाचार

More

On Air

SISAKO KURSHI COMEDY SECOND PHASE LIVE Upto 4:00 PM

Coming Up Next

UNIQUE NEWS Upto 4:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top