Headline :

बोक्सीको आरोपमा हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद

दैलेख, असार १२ – दैलेखमा बोक्सीको आरोपमा एक महिलाको हत्या गर्ने व्यक्तिलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । 

दैलेखको मेहेल्तोली गाविस– २ का १९ वर्षे भक्तबहादुर खड्काले भाउजु नाता पर्ने छिमेकी १९ वर्षीया बिपना खड्कालाई गएको वैशाख २० गते बोक्सी भन्दै कुटेर हत्या गरेको अभियोगमा उनलाई यो सजाय सुनाइएको जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले बताउनुभयो । 

खड्काले विवाह गर्न चाहेकी केटीलाई ‘केटो इमान्दार छैन’ भनेकाले विवाह गर्न नपाएको झोकमा बदला लिने हिसाबले आफूलाई देउता चढेको बहाना गरेर बिपनालाई बोक्सी भन्दै कुटपिट गरेका थिए । आफ्नै कुटाइको चोटका कारण बिपनाको ज्यान गएको खड्काले प्रहरी र अदालतमा समेत बयान दिएका थिए । 

सामान्य कुरामा महिलालाई महिनौदेखि बोक्सीको आरोप लगाउदै आएको र गाउँ समाजले छुट्टयाउँदा समेत अमानवीय ढंगबाट कुटपिट गरी हत्या गरेको खुलेपछि उनलाई सर्वस्वसहित जन्मकैद भएको श्रेष्तेदार अधिकृत गोविन्द आचार्यले बताउनुभयो ।  

मुलुकी ऐनको ज्यान सम्वन्धी महलको दफा १३ को (३)  बमोजिम सर्वस्वसहित गरिएको जन्मकैदमा अभियुक्तले २० वर्ष कैद भुक्तान गर्नुपर्ने र निजको अंशमा पाउने जग्गा जमिन वा सम्पति राज्यकोषमा जम्मा हुने व्यवस्था छ ।

 

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top