Headline :

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

uniquefm-img

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा मुसीकोटमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले हरि गौतमलाई उपाध्यक्ष, गणेशकुमार सिर्पालीलाई सचिव, देवकुमार ओलीलाई सह सचिव र नारायण ओलीलाई कोषाध्यक्षमा चयन गरेको छ । समितिको सदस्यहरुमा मोहन विसी, डिल्लीबहादुर खत्री, मनिष खड्का, कर्मशाही घर्ती, प्रकाशशाही घर्ती, प्रमिला बुढा, मानबहादुर वटाला, दिपक गौतम, नन्दराम ओली, श्रीकृष्ण बुढा, गोविन्द पुन, सत्यबहादुर खत्री, कस्तुप नेपाली, गोपालसिं खड्का, पवित्रा खड्का र अभिराज ओली चयन भएका छन् । त्यस्तै प्रदेश प्रतिनीधिको पनि सम्मेलनले चयन गरेको छ । जसमा देबकुमार ओली, नारायण ओली, दिपक गौतम, मोहन बिसी, डिल्ली खबी, मानबहादुर बटाला, कस्तुप नेपाली, गोपालसिं खड्का, गोबिन्द पुन, सत्य बहादुर खत्री, प्रमिला बिएम र अमित पुन रहेका छन । सम्मेलन उद्घाटन समारोहमा प्रेस सेन्टर नेपाल केन्द्रिय कार्यालय सदस्य लक्ष्मी पुनको प्रमुख आतिथ्यता केन्द्रिय सदस्य ध्रवविक्रम बुढाथोकी, नेकपा माओवादी केन्द्र रुकुमका संयोजक गोपाल शर्मा अनल, जिल्ला सम्मेलन आयोजक समिति सदस्य भूपालसिं ओली, नेपाल पत्रकार महासंघ रुकुमका कार्यवाहक अध्यक्ष आदर्श केसी, प्रेस युनियनका सचिव दिनेश खड्का, प्रेस चौतारीका सचिव महेश केसीको आतिथ्यता रहेको थियो । वीरबहादुर मल्लको अध्यक्षतामा भएको सम्मेलनको सन्चालन गणेश सिर्पालीले गर्नुभएको थियो भने स्वागत मन्तव्य मेगराज खड्काले राख्नुभएको थियो । पुरस्कार वितरण यो वर्षको प्रेम–समर शाहसिक पत्रकारीता पुरस्कार वरिष्ठ पत्रकार सचिन रोकालाई प्रदान गरिएको छ । तत्कालिन नेकपा माओवादी माओवादीले सुरु गरेको दश वर्षे जनयुद्धका क्रममा राज्यपक्षवाट मारिएका रुकुमका पत्रकारहरु प्रेम र समर को सम्झनामा प्रेस सेन्टर नेपाल रुकुमले १ लाख ११ हजार १ सय ११ रुपैयाको कोष स्थापना गरेको छ । उक्त कोषवाट पहिलो वर्षको पुरस्कार पत्रकार सचिन रोकालाई ५ हजार ५ सय ५५ नगत सहित सम्मानपत्र द्धारा सम्मान गरिएको हो । शाहसिक पत्रकारीता गर्ने क्रान्तिकारी पत्रकार मध्यवाट हरेक वर्ष एक जनालाई पुरस्कार प्रदान गरिने प्रेस सेन्टर नेपाल रुकुमले जानकारी दिएको छ । संगठनको चौथो जिल्ला सम्मेलनको अवसर पारी पत्रकार रोकालाई पुरस्कृत गरिएको हो । संगठनले शहिदहरु प्रेम र समरका परिवार तथा संगठनका संस्थापकहरुलाई पनि सम्मान गरेको छ । प्रेस सेन्टरको ७ बुँदे मुसीकोट घोषणा पत्र प्रेस सेन्टर नेपाल रुकुमको चौथो जिल्ला सम्मेलनले ७ बुँदे मुसीकोट घोषणा पत्र जारी गरेको । प्रेस सेन्टर नेपाल, जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलनबाट पारीत सात बुँदे मुसीकोट घोषणा पत्र १– रुकुम जिल्लाको मुख्य केन्द्र जिल्ला सदरमुकाम खलंगामा यत्रतत्र छरिएको फोहर व्यवस्थापनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पूर्ण सरसफाइयुक्त रुकुम बनाउने अभियानमा पूर्ण सहयोग गर्न यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ । २– जिल्लाका ग्रामिण सडकहरु वर्षाका कारण अवरुद्ध भैरहेको र त्यसबाट सर्वसाधारणको दैनिकीमा भैरहेको अफ्ठ्यारोलाई सहज बनाउन सडक मर्मत तथा नियमित सडक सञ्चालन र सुलभ भाडा दर कायम गर्न यो सम्मेलन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ । ३– केही दिनदेखिको अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षेतीप्रति दुःख व्यक्त गर्दै रुकुममा हुने सम्भावित क्षेतीलाई रोक्न पूर्व तयारीका लागि यो सम्मेलन जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लामा कार्यरत सम्पूर्ण सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछ । ४– बहुमत जनप्रतिनिधिको सहभागितामा निर्मित नेपालको नयाँ संविधान जारी भै कार्यान्वयनको चरणमा रहेकोले नयाँ संविधानको पूर्ण कार्यान्वयनमा सहयोग गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । ५– पत्रकारीताको नाममा भैरहेका कतिपय गलत क्रियाकलापको भण्डाफोर गर्ने र त्यसका लागि यो सम्मेलन अन्य पेशागत संगठनसँगको समन्वयलाई जारी राख्ने प्रतिबद्धता गर्दछ । ६– समग्र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ रुकुममा अघिल्लो कार्यकालदेखि थालिएको सदस्यता शुद्धिकरण अभियानलाई निरन्तरता दिई रुकुमको पत्रकारीतालाई मर्यादित बनाउन र महासंघको संस्थागत विकास गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ । ७– प्रगतिशिल पत्रकारहरुको सञ्जाललाई विस्तार गर्न र जनपक्षिय पत्रकारीताको लागि एक गाउँ, एक पत्रकारको अभियानलाई निरन्तरता दिई गाउँ गाउँको सूचनाको अधिकारलाई प्रत्याभूती दिलाउन यो सम्मेलन प्रतिबद्धता गर्दछ

ताजा समाचार

More

On Air

PRABHAT BANI Upto 06:15 AM

Coming Up Next

BANI BAHASH Upto 07:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top