Headline :

पुलिस बन्छु भन्ने लागेको थियो, लेखक बनें

हित्यकार आन्विका गिरी मोफसलबाट आफ्नो उर्जाशील जीवनमा सफलताको सिँढी चढ्न काठमाडौं आएकी हुन् । जीवनका सपनाहरु परिमार्जन हुँदै अहिले उनी लेखकका रुपमा स्थापित हुने क्रममा छिन् । ‘कम्युनिष्ट’ कथा संग्रहपछि ‘मान्छेको रंग’ उपन्यास लेखेपछि उनको कृतिमाथि विभिन्न टीकाटिप्पणी भइरहेका छन् । यसै सिलसिलामा उपन्यासबारे उठेका प्रश्नलगायतका विषयमा अनलाइनखबरले साहित्यकार गिरीसँग कुराकानी गरेको छ स्

आफूलाई अब साहित्यकार नै भनेर चिनाउन थाल्नुभएको हो रु

दुईवटा किताब आएको छ । मलाई के लाग्छ भने मैले गर्न सक्ने काम भनेको लेख्ने नै हो । अहिले साहित्यकारका रुपमा फिक्सन लेखिरहेकी छु । भोलि नन फिक्सन पनि लेख्न सक्छु । तर, मलाई के लाग्छ भने सानामा म भोलि यो बन्छु, त्यो बन्छु भन्ने सपनाहरु, उद्देश्यहरु परिर्वतन हुँदै ०६६ सालमा कम्युनिष्ट सार्वजनिक गर्दा मैले भनेकी थिएँ कि अब म लेखक हुनेतिर जाँदैछु । अब मेरो यो उद्देश्य परिर्वतन हुँदैन होला भनेको थिएँ । मलाई अहिले गर्न सक्ने काम लेख्ने हो भन्ने लाग्छ । तर, आर्थिक रुपमा बाँच्न अरु(अरु काम पनि गर्छु ।

पाठकलाई आफ्नो पृष्ठभूमि बताइदिन मिल्छ रु

म सुनसरीको मधेसा गाविसमा जन्मिएकी हुँ । ०५८ सालमा एसएलसी दिएँ । जिल्लामै आइए पढेपछि म काठमाडौं आएकी हुँ । स्कुल कलेजमा हुँदा कविता सुनाउने गरेकी थिएँ ।

वाल्यकाल र किशोरावस्थाको सपना के थियो रु

सानोमा पुलिस बन्छु भन्ने लागेको थियो । पुलिससँग पावर छ । चोरलाई ठेगान लगाउँछ, पावर छ भन्ने सोचले मलाई पुलिस बन्छु भन्ने लाग्यो होला ।

एक दिन हजुरबाले साथीहरुसँग कुरा गर्दा मेरी नातिनी त खतरा पढ्छे, बोल्छे पनि । मेरी नातिनी वकिल हुन्छे भन्नु भयो । म हजुरबासँग एकदमै नजिक थिएँ । त्यसपछि मैले म वकिल बन्छु भनेँ । र, पुलिसको कुरा बिर्सिएँ ।

पछाडि काठमाडौं आएँ । हजुरबा त बितिसक्नुभएको थियो । उहाँको निधनसँगै उहाँले रोपिदिएको सपनालाई मैले गम्भीर रुपमा लिइँन । कानून पढिँन । काठमाडौं आएपछि कथा लेखें ।

पत्रकार पनि बन्नुभयो हैन रु

पत्रकार बन्छु भनिँन । लेखनसँग जोडिएकाले पत्रकारिता गरेँ । युवराज घिमिरे दाइको समय साप्ताहिकमा काम गरेँ । एउटा अनलाइनमा काम गरेँ र पछि अन्नपूर्ण पोष्टमा काम गरेँ । साढे ३ वर्ष काम गरेँ । नर्भेजियन सरकारले सञ्चालन गरेको एफके एन्सचेन्ज कार्यक्रम थियो, जस अन्तरगत केही समय अफ्रिकामा गएँ । अन्नपूर्णमा हुँदा पत्रकार साटासाट गर्ने कार्यक्रम अन्तरगत म गएको हो ।

बलदष्पब(न्ष्चष्(द्द

पढाइ कहाँ पुर्‍याउनुभयो रु

मास्टर्स पढेर छाडेको । कोर्षबुक पढ्न बोझजस्तो भएर आयो । अहिले भने पढौं पढौं भन्ने भएको छ ।

नेपाली समाजमा एकजना लेखक व्यवसायिकरुपमा लेखकै भएर बाँच्न सक्छ रु

आर्थिक विषयमा भन्दा तपाई के विषयमा लेख्नुहुन्छ, कतिको राम्रो लेख्नुहुन्छ र तपाई लेखनमा कतिको सक्रिय हुनुहुन्छ भन्ने हेर्नुपर्छ । जस्तो, मैले ०६६ सालमा कम्युनिष्ट कथा संग्रह लेखेँ । ५ वर्षपछि मान्छेको रंग लेख्दा त्यो कम्युनिष्टले म यहाँसम्म बाँच्न सक्ने अवस्था हुँदैन ।

फेरि, मैले के विषयमा लेखिरहेको छु भन्ने पनि हुन्छ । मैले लेखिरहेका विषयहरु लेखन साहित्यको केन्द्रमा भएका विषयहरु हुन् । सीमान्तकृत वर्गका बारेमा लेख्ने हो । जसको आवाज उठेको छैन, त्यसको बारेमा लेख्ने हो । भइरहेका राजनीतिक परिस्थितिमा आफूलाई चित्त नबुझेको कुरा लेख्ने हो । तर, त्यो बजारको केन्द्रमा छैन ।

बजारको केन्द्रमा सेक्स छ, प्रेमका साहित्यहरु छन् । बजारको केन्द्रमा मैले लेखिरहेको विषय छैन । त्यही भएर मैले लेखेको विषय, मैले जसरी एउटा ०६६ सालमा लेख्ने र अर्को अहिले ०७१ सालमा लेख्ने हो भने यसैबाट आर्थिकरुपमा बाँच्न सक्ने स्थिति छैन ।

तर, लेखेरै बाँच्न सकिने सम्भावना रु

सम्भावना देख्छु ।

तपाईले भनेको बजारलाई छोडेर पनि रु

त्यो सम्भावना छ । तर, लेखकले काठमाडौंमा घर जोड्ने, कारमा चढ्ने, रेष्टुराँमा खाने र छोराछोरीलाई महंगो स्कुलमा पढाउने सोच्ने हो भने त्योचाँही सम्भव छैन । त्यो म अबको कति वर्षपछि पनि सम्भव देख्दिँन ।

तपाईको लेखन राजनीतिसँग बढी जोडिएको छ, किन यही विषय रोज्नुभयो रु

सबै विषयको केन्द्र नै राजनीति हो । त्यसले हामी सबैको जीवनमा बढी प्रभाव पर्ने हो । हामी सानैदेखि राजनीतिक माहोल जस्तोमा हुर्काइ भएको कारणले पनि होला । राजनीति नै रुचीको विषय हो । अरु विषयमा पनि लेखिरहेको हुन्छ । तर, मुख्य राजनीति नै हो ।

यी दुई पुस्तकमध्ये आफैंलाई सबैभन्दा मन छोएको कुनै प्रशंग रु

मैले एउटा कथा लेखेको छु बेपत्तासम्वन्धी । त्यो आफैले पढ्दा पनि एकचोटि मेरो आँखामा आँसु आउँछ । सम्झँदा मात्र पनि त्यस्तो हुन्छ । त्यो कथा पढेपछि एकजना भेट्न आउनुभएको थियो । उहाँले के सोच्नुभएछ भने मेरो आफ्नै भाइ त्यसरी बेपत्ता भएको होला भनेर सोच्नुभएछ । जबकि मैले यो विषयमा अध्ययन र खोजी पनि गरेको होइन ।

मान्छे मरेको पनि छैन र जिउँदो पनि छैन भन्ने अवस्थामा कस्तो होला भनेर सोचेर मैले त्यो कथा लेखेको हो । म अरु धेरै लेख्दा पनि यसलाई अलग स्थानमा राख्छु होला जस्तो लाग्छ ।

तपाईलाई गर्न मन लागेको तर, नसकेको काम रु

अल्छीपन । म एकदमै धेरै न अल्छी छु । म अलिकति जाँगरिलो भएको भए धेरै नै गर्न सक्थेँ भन्ने लाग्छ ।

अहिले के किताब पढ्दै हुनुहुन्छ रु

मोहन मैनालीको मान्ठा डराएको जुग ।

रुचाएको पुस्तक रु

सुरुमा म गोर्कीको आमाबाट एकदमै प्रभावित । अहिले पनि कहिलेँकाँही पढ्छु । त्यसले एकदमै प्रभाव पारेको । त्यसपछि केही पुस्तक पढियो । काठमाडौं आएपछि पत्रिका किन्ने पैसा हुँदैन । पुस्तक किनेर पढ्ने वा लाइब्रेरीमा गएर पढ्ने भन्ने त्यस्तो पनि धेरै स्थिति थिएन । जगदीश घिमिरेको लिलाम पढेँ । त्यसको भाषा, प्रस्तुती, त्यसले जसरी सिधै हिर्काएर भनेको छ, त्योबाट म धेरै प्रभावित भएँ ।

पैसा नभएर नै किताब किन्न नसकेको क्षण रु

कतिचोटि छ । अहिले पनि म पूर्ण बेरोजगार छु । किताब किन्नेबेला धेरैपटक सोच्छु । पुस्तक पसलमा गएपछि यो पनि किनौं, त्यो पनि किनौं भन्ने हुन्छ । मैले एकैपटक १०र१२ हजारको पुस्तक पनि किनेको छु । अहिले के सजिलो भएको छ भने यो किताब मन पर्‍यो । तर, मसँग पैसा छैन, पछि दिन्छु है भनेर लैजान मिल्छ ।

मन पर्ने लेखक रु

यो नै भनेर नभनौं । यो लेखकको सबै किताब मन पर्छ भनेर भन्दिँन । एउटा लेखक असाध्यै मनपर्छ भनेर भन्छु । अर्को किताब झुर लेखिदिन्छ । त्यसैले म कुनै लेखकभन्दा पुस्तक मनपर्छ भन्छु ।

    वास्तवमा माओवादीले पढ्ने नपढ्ने भन्दा आम मान्छेहरुले त्यसबेला मर्ने, मार्ने मान्छेहरुका बीचमा म यो मुद्दालाई समर्थन गर्नेहरुको कथा हो ।

‘मान्छेको रंग’ उपन्यास ‘विद्यार्थीले पढ्नैपर्ने तर माओवादीले नपढे पनि हुने’ भन्ने टिप्पणी अनलाइनखबरमै छापिएको थियो, यसमा तपाईको प्रतिक्रिया के छ रु

माओवादीले पढ्नै नपर्ने भन्ने टिप्पणी मलाई अचम्म लाग्यो । माओवादीले पढ्न नहुने भनेर भनिएको छैन । यो(यो कारणले माओवादीले पढ्न नहुने भनिएको भए म सोच्थेँ होला यहाँ मेरो ल्याक होल्ड भएछ भनेर ।

यो पुस्तक माओवादी मात्रका लागि भनेर लेखिएको पनि होइन । दश वर्षे जनयुद्धमा जो प्रत्यक्ष संलग्न भएननन् तर, प्रभावित समूह थिए । उनीहरुले सानोतिनो सहयोग गरेका थिए, उनीहरुको कथा हो यो ।

वास्तवमा माओवादीले पढ्ने नपढ्ने भन्दा आम मान्छेहरुले त्यसबेला मर्ने, मार्ने मान्छेहरुका बीचमा म यो मुद्दालाई समर्थन गर्नेहरुको कथा हो । त्यसैले विद्यार्थीले पढ्नै पर्ने, माओवादीले नपढे पनि हुने भनेर कारणसहित दिएको भए अलि चित्त बुझ्थ्यो होला ।


तर, उपन्यासमा माया भन्ने पात्रले सानै उमेरमा मार्क्सदेखि कम्युनिज्मबारे धेरै बुझेको देखाइएको छ । त्यस्तो पनि हुन्छ र रु

यो विषयमा मलाई धेरै मान्छेहरुले प्रश्न गर्नु भो । ८र९ वर्षको उमेरको कुरा छ । म कुन पृष्ठभूमिबाट आएको भने ७ वर्षकी दिदी आमा हुने पृष्ठभूमिबाट आएकी हो । भाइबहिनी जन्मनासाथ त्यो सात वर्षकी दिदीले दिसा धोइदिने, सिंगान पुछिदिने, लिटो खुवाइदिने अर्थात व्यवहारिक रुपमा त्यतिको परिपक्क हुनुपर्ने अवस्था पार गरेको आएको हो म पनि ।

हाम्रो समाजमा १२र१३ वर्षको किशोर हलो जोत्न जानुपर्छ । आज काठमाडौंमा बसेर यो किताब पढ्दा १२र१३ वर्ष अगाडिको त्यो कुरालाई बिर्सिएर त्यसो हुन सक्छ र भनेर प्रश्न गरिरहेका छौं ।

मायाको पृष्ठभूमि प्रष्ट छ । उनका बाबु शिक्षक हुन् । एउटा शिक्षक, जो राजनीतिक गतिविधिमा संलग्न छ । उसकी छोरीले आमा उपन्यास छिट्टै पढ्नु कुन आश्चर्यको कुरा भयो र रु यो प्रश्न मान्छेहरुले किन सोधे भनेर म अचम्म मान्छु ।
मैले मेरी बहिनीलाई भनेँ, मान्छेहरुले यस्तो प्रतिक्रिया दिए । ऊ हाँसी । हामीले पाँच कक्षाभन्दा अगाडि नै आमा पढेको होइन रु यसो भनेर ऊ हाँसी । सिवानी सिंह थारुले पनि मैले पनि यस्ता किताब पढेँ भन्दा साथीहरुले कसरी पढिस् यस्तो किताब भनेर सोधे भन्छिन् ।

यही उपन्यासबारे अर्को एउटा समीक्षामा भनिएको छ, यसले तपाईको अघिल्लो कथा संग्रह ‘कम्युनिष्ट’ लाई न्याय गरेन । यसमा के भन्नुहुन्छ रु

एउटा पाठकको रुपमा तुलना गर्न पाइने भयो । तर, म आफैंलाई भने पहिलाको कथाहरु भन्दा म यसमा कमजोर भएँ, मैले चाहेका कुरा भन्न सकिँन भन्ने लागेको छैन । यद्यपि यो उपन्यास धेरै मोटो छ, धेरै पात्रहरु छन्, सुधार गर्नुपर्ने ठाउँ जहिले पनि रहन्छ । तर, म आफैंले तुलना गर्दा कमजोर भएँ भन्दा पनि सानो(सानो कथा लेखिरहेको मान्छेले यति ठूलो उपन्यासमा पत्रहरुलाई व्यवस्थित रुपमा अगाडि बढाउन सकें भन्ने लागेको छ ।

राजनीतिक विषयमा लेख्नुहुन्छ, कुनै नेताको भाषण सुन्न धाएर जानुभएको छ रु

गएको छु । अहिले पनि समय भयो भने जान्छु । मेरो रुचीको विषय मान्छेहरु भएको हुनाले ठूलो जमघटमा विभिन्न कुरा सुन्ने अवसर हुन्छ, त्यसैले जान्छु ।

तपाईसँग पाठकहरुले पहिलोपटक भेट्दा कस्तो प्रतिक्रिया जनाउँछन् रु

ए ठूलो मान्छे होला भन्ने ठानेको त सानै मान्छेको रहेछ भन्छन् । त्यस्तै हुन्छ । तर, धेरै पाठकहरुसँग भेट हुने कार्यक्रम भयो भने म जान्छु । धेरै घुलमिल भने छैन ।

ताजा समाचार

More

On Air

JYOTISH BIGYAN Upto 09:00 AM

Coming Up Next

NATIONAL NEWS Upto 09:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top