Headline :

विवाहित र अविवाहित महिलामा यौन इच्छा फरक

uniquefm-img

बैशाख,२९–सर्ससर्ती हेर्दा जस्को शरीर मिलेको छ त्यसलाई नजर जानु स्वभाबिक मानिन्छ । उस्को शरीर हेरेर मानिसहरु आनन्द प्राप्त गर्छन् । त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं । विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई बढी महत्व दिइएको पाइन्छ । यस्तो विपरीतलिङ्गी वा समलिङ्गी दुवै सम्बन्धमा हुन्छ । शारीरिक रङ्गरूप अनि आकर्षणमासम्बन्ध बलियो हुने कुरा हामीले देख्दै पनि आएका छौं । गहिरोसँग विचार गर्दा, धेरैजसो कुरा मानव स्वास्थ्यसँग सम्बन्धित हुन्छ । राम्रो शरीर वा जीउ मिलेको हुनुलाई आकर्षक शरीर भएको मानिन्छ ।

जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट शरीर , कोमल छाला, चमक भएको आँखा र केश तथा कसिलो मिलेको शरीर भएका युबती तथा महिलालाई आकर्षक मानिन्छ । त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ । प्रायस् सबै समाजमा महिलाको आकर्षणमा कम्मर(नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ ।

कम्मर ९ नितम्बको अनुपात शून्य दशमलव ७ भएका महिला , कम्मरको नाप नितम्बको नापभन्दा ७० प्रतिशत कम बढी आकर्षक मानिन्छन् । विभिन्न देश अनि समाजमा शून्य दशमलव ६ देखि शून्य दशमलव ८ वा बढीसमेत हुन सक्छ । स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्राय पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ ।

केही अपवादलाई छोडेर प्रायस् व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग ९निधार भएको भाग० मध्यभाग ९आँखा, नाक, गाला० अनि तल्लो भाग ९ओठ, चिउँडो समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । सम्भवतस् तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।
विवाहितप्रति किन आकषिर्त रु
कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये यस्तो चर्चा भएको पाइन्छ । पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ ।
अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ । त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।
विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन । विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।

तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ । तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ ।

उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकषिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ । तसर्थ यौन आकर्षणमा परेर विवाहित महिलाहरु जोसमा होस हराउनु हुँदैन । तपाईंको सम्बन्धले गर्भ रहन गए अर्को संकट निम्तिन सक्छ, वासनाको प्रभावमा सोच(विचार नगरी निर्णय गर्नु हानिकारक हुन्छनै ।

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top