Headline :

फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु

uniquefm-img

जेष्ठ,११– झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट हो । तर फेसबुकका ठ्याक्कै वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा कतिजनालाई थाहा छ रु मार्केटिङ र्फम विसपोन्डले फेसबुकको बारेमा केही पछिल्ला ४० तथ्यहरु सार्वजनिक गरेको छ । जसमध्ये ९ रोचक तथ्य बिजनेस इनसाइडरले यसरी प्रस्तुत गरेको छ(
· फेसबुक खासै बुढो भएको छैन । अर्थात् यसका प्रयोगकर्ता उमेर छिप्पिएका मात्र छैनन् । सन् २०१४ मा माध्यामिक तहमा अध्ययनरत ८७ प्रतिशतले आफ्नो अझै पनि फेसबुक अकाउण्ट रहेको बताएका छन् । त्यस्तै ७० प्रतिशत फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरु फेसबुकमा आफ्ना अभिभावकसँग साथी छन् ।
· फेसबुक किशोरी तथा युवतीहरुका लागि खासै सुरक्षित देखिँदैन । फेसबुक प्रयोगकर्ता ६६ प्रतिशत किशोरीहरुले फेसबुकमा आफुलाई दुव्र्यवहार हुने गरेको बताएका छन् ।
facebook
· फेसबुक प्रयोगकर्ताले आफ्नो रिलेसनसिप स्टाटस परिवर्तन गर्ने दिनमा फेसबुक पोष्टमा हुने अन्तरक्रिया २ सय २५ प्रतिशतले वृद्धि हुन्छ । तर २८ प्रतिशत नवविवाहित महिला पुरुषले मात्र आफ्नो विवाह भएको केही घण्टाभित्रै फेसबुकमा रिलेसनसिप स्टाटस परिवर्तन गर्ने गरेको पाइएको छ । अर्थात् विवाह भैसकेपछि पनि फेसबुक प्रयोगकर्ताहरु आफ्नो सिंगल स्टाटस फेर्न तत्कालै रुचाउँदैनन् ।
· फेसबुकमा साथी रहेका मध्ये सबैभन्दा धेरै ‘अनफ्रेण्ड’ गरिने साथीहरु स्कुल पढ्दाताकाका साथीहरु नै हुन् । किनकी उनीहरुले असम्बन्धित तथा ध्रुविकृत पोष्टहरु गर्दछन् ।
· अमेरिकामा १९।४ प्रतिशत जागिरेहरु उनीहरुको कार्यस्थलमा फेसबुक चलाउनबाट बञ्चित छन् । ३० प्रतिशत अमेरिकीले भने अफिसमा काम गरिरहेको बेलामा समेत फेसबुक चलाइरहन्छन् ।
· सबैभन्दा धेरै फेसबुक फ्यान भएको टेलिभिजन शो ‘दी सिम्पसन’ हो । यो एनिमेटेड कार्टुन शो को फेसबुक पेजमा ६ करोड ९६ लाख फ्यान रहेका छन् । बढि फ्यान भएका टेलिभिजन शो मा दोश्रोमा मिस्टर बिन र तेश्रोमा स्पोन्जबब रहेका छन् ।
· फेसबुकमा सबैभन्दा लोकप्रिय संगीतकर्मी शाकिरा हुन् । उनका १० करोड फेसबुक फ्यान छन् । त्यस्तै दोश्रो स्थानमा ९ करोड १० लाख फ्यान सहित इमिनेम र तेश्रो स्थानमा रहेकी रिहान्नाका ८ करोड १० लाख फेसबुक फ्यान रहेका छन् ।
· विश्वमा सबैभन्दा धेरै सक्रिया फेसबुक प्रयोगकर्ता रहेको देश क्यानडा हो । अमेरिका र क्यानडामा गरी फेसबुक दैनिक प्रयोगकर्ताको कुल संख्या १५ करोड ७० लाख रहेको छ ।
· एसिया महादेशमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २५ करोड ३० लाख रहेको छ । तर विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा भने फेसबुक प्रतिबन्धित रहेको छ ।
 

ताजा समाचार

More

On Air

PRABHAT BANI Upto 06:15 AM

Coming Up Next

BANI BAHASH Upto 07:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top