Headline :

आज वातावरण दिवस: पृथ्वीलाई माया गर्न प्रधानमन्त्रीको आग्रह

जेठ २२ -  आज विश्व वातावरण दिवस नेपालमा पनि प्रकृति संरक्षणको क्षेत्रमा लागेकाले विभिन्न कार्यक्रम गरी मनाइदैछ । एउटै पृथ्वी, सात अर्ब सपना:  दिगो उपभोग, हाम्रो चाहना भन्ने नारा सहित विश्वभर दिवस मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिनुभएको छ । उहाँले बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण वातावरणमा निकै ठूलो समस्या आएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसले प्राकृतिक वातावरण एवं स्रोतहरुमा भविष्यमा गम्भिर असर पर्ने भएकाले सबैलाई सचेत हुन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री कोइरालाले एकको असल प्रयासले प्रकृति संरक्षण हुने भएपनि गलत अभ्यासले विनास निम्त्याउने भन्दै पृथ्वीलाई माया गर्नुपर्ने बताउनुभयो ।

वैशाख १२ गतेको भूकम्पका कारण नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने योजनामा चुनौती थपिएको उहाँको भनाई छ । त्यसैले अबका दिनमा सबैले आप्mनो ठाउँबाट वातावरणको संरक्षण, प्राकृतिक स्रोतहरुको बुद्धिमतापूर्ण उपयोग, खाद्य पदार्थ, पानी र उर्जाको बचत, फोहोरमैलाको उत्सर्जनमा कमी, स्रोत साधनको पुनः प्रशोधन र प्रयोग लगायतका वातावरण संरक्षण हुने काम गर्नुपर्नेमा प्रधानमन्त्री कोइरालाको जोड छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले भूकम्पका कारण भविष्यमा हिमताल फुट्ने, भूस्खलन, बाढी र रोगव्याधीको खतरा हुने देखिएकाले सतर्क हुन आग्रह गर्नुभयो । त्यसबाट बच्न अहिले देखि नै बाटो, पानी, हावा, उर्जा तथा कृषि, वनजंगल र जैविक विविधताको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । वातावरण र विकास एकआपसमा पर्यायवाची र परिपूरक भएकाले वातावरण मैत्री विकास अपरिहार्य भएको उहाँको भनाई छ । सचिव पौडेलले अहिलेको आवश्यकतासँगै हाम्रा सन्ततिको स्वच्छ र सुरक्षित वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न आजैदेखि वातावरण संरक्षणमा अग्रहर हुन सबैलाई आग्रह गर्नुभएको छ । 

दिवसको अवसरमा प्रकृति संरक्षण कोष सदर चिडियाखाना तथा हरियो वन कार्यक्रमले आज प्रकृति र भूकम्प शीर्षकमा चित्रकला कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेको छ ।

ताजा समाचार

More

On Air

NEPALI FILMY SONGS Upto 3:00 PM

Coming Up Next

NEPAL KHABAR Upto 3:10 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top