Headline :

कस्तो होला ‘विरानो माया’?

uniquefm-img

जेष्ठ,३२–केही समय अगाडि मोडल नम्रता सापकोटाले आफूले छानेर चलचित्र गर्ने बताएकी थिइन् । यो क्षेत्रमा आफू कलाकार बन्न आएको र हातमा चलचित्र नहुँदा पनि दुख नलागेको उनको भनाई थियो । तर, त्यसको केही समय वित्न नपाउँदै उनलाई चलचित्रको नशा लाग्न थालेको छ ।

हालसालै ‘ब्रासलेट’ नामक चलचित्रमा काम गरेकी नम्रता अब ‘विरानो माया’ नामक चलचित्रमा देखिने भएकी छिन् । यो चलचित्रको आज शुभसाइत गरिएको छ । कार्यक्रममा नायिका सापकोटाले आफू यो क्षेत्रमा फर्किएको भन्दै सबैको साथले सफलता पाउने आशा व्यक्त गरिन् ।

श्री मिडिया सर्च एण्ड मुभी मेकरको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रमा मिलान लामा र सावित्री अधिकारीको लगानी रहनेछ । प्रेमको कथा बोल्ने यो चलचित्रमा सुदुर पुर्वेली भाषालाई प्रयोग गरिने चलचित्रका लेखक तथा निर्देशक माधव खरेलले जानकारी दिएका छन् । काभ्रे, सिन्धुली, जनकपुर, झापाका दृश्य कैद हुने चलचित्रको छायांकन यही साताबाट सुरु हुनेछ ।

चलचित्रमा नायिका नम्रता सापकोटाको साथमा श्रीदेव भट्ट, रोहित रुम्बा, दिपसा वीसी, सुरविर पण्डित, दिनेश डीसी, राजु बजाज लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा जनकराज अधिकारीको छायांकन, रुपेश उप्रेतीको नृत्य, अनिल विरही र सरोज प्याकुरेलको संगीत, प्रल्हाद खरेलको मुख्य सहायक निर्देशन, शंकर महर्जनको एक्नस रहनेछ । चलचित्रका क्रियटिभ तथा कास्टिङ निर्देशक शान्तिप्रिय हुन् ।
 

ताजा समाचार

More

On Air

PRABHAT BANI Upto 06:15 AM

Coming Up Next

BANI BAHASH Upto 07:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top