Headline :

सामाजिक संजाल फेसबुकले पोफईलमा पिक्चर नराख्नेलाई सजिलै पहिचान गर्न सक्र्ने

uniquefm-img

असार ९ – सामाजिक सञ्जाल फेसबुकले तस्बिरमा अनुहार नदेखिएको अवस्थामा पनि व्यक्तिलाई पहिचान गर्न सक्ने फेसियल रिकगनाइजेसन प्रविधिको विकास गर्ने भएको छ । नयाँ प्रविधिले तस्बिरमा अनुहार नदेखिएका व्यक्तिलाई पनि पहिचान गर्ने फेसबुकले जनाएको छ ।

तस्बिरमा अनुहार देखिएका व्यक्तिलाई पहिचान गर्ने प्रविधि यसअघि नै प्रयोगमा आइसकेको छ । त्यो प्रविधि सफल भएको र त्यसमा थप सुधार गर्नका लागि अनुहार नदेखिएका व्यक्तिको पहिचान गर्ने प्रविधिको परीक्षण गरिएको फेसबुकले जनाएको छ ।

नयाँ प्रविधिको प्रभावकारिता परीक्षण गर्न तस्बिरमा अनुहार नदेखिएका ४० हजार तस्बिर लिएको र यो प्रविधिले ८३ प्रतिशत व्यक्तिलाई सही पहिचान गरेको फेसबुकले जनाएको छ ।

नयाँ प्रविधिले व्यक्तिको पहिचानका लागि कपाल, लुगा तथा शारीरिक संरचनाको विश्लेषण गर्नेछ । यो नयाँ प्रविधि अहिले परीक्षणको चरणमा रहेको फेसबुकले जनाएको । तर छिट्टै नै थप परीक्षण र सुधार गरेर यसलाई एपको रुपमा ल्याउने फेसबुकको तयारी छ ।

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top