Headline :

भुवन केसीको विवादमा होटलले दियो सफाई

२०७२ आषाढ ९, बुधवार

 

पैसा नतिरेका कारण होटलले सामान जफत गरेको भन्ने समाचारको होटल आफैंले खण्डन गरेको छ । होटलले प्रेस विज्ञप्ती जारी गर्दै समाचारमा आएका कुरा भ्रामक र कपोलकल्पित भएको बताएको छ । भुवन केसीको निर्देशन रहेको ड्रिम्स जेठको दोस्रो सातादेखि पोखरामा सुटिङ गरिरहेको थियो ।

 

मंगलबार अचानक फिल्म युनिटले पैसा नतिरी भाग्न खोज्दा सामान नियन्त्रणमा लिएको समाचार आएको थियो । ड्रिम्सको युनिट पोखराको पिसफूल होटलमा बसिररहेको थियो । भुवन केसीले समाचारमा सत्यता नभएको बताइरहँदा पनि केही अनलाइनमा भुवन केसीले पैसा तिर्न नसकेको समाचार बाहिरिएको थियो । होटल सञ्चालिका बिन्देश्वरी श्रेष्ठले हस्ताक्षर गरेको प्रेस विज्ञप्ती फिल्मीखबरले प्राप्त गरेको छ । विज्ञप्तीमा श्रेष्ठले भुवन केसीले तिर्नुपर्ने रकम तिरिसकेको भन्दै तथ्यहिन समाचारले भुवन केसी र होटल परिवारको बदनाम भएको भन्दै खेद प्रकट गरिएको छ ।

तथ्यहीन समाचार बाहिरिएपछि भुवन केसीले बिहीबार बिहान नौ बजे पोखरामा नै पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने बताएका छन् । उनले सुटिङको समयावधि लम्बिएकाले अनुमान भन्दा बढी खर्च भएको र काठमाडौंबाट समयमा पैसा नआएकाले एक दिन ढिला भएको भएपनि समाचार आएजस्तो होटलले सामान नियन्त्रणमा नलिएको बताए ।  उनले भने, ‘फिल्मलाई भव्य बनाउन हामीले कुनै कम्प्रोमाइज नगरी सुटिङ गर्यों जसका कारणले अनुमान गरेभन्दा अलि ज्यदा खर्च भयो । पैसा पोखरा आउन ढिला भयो तर केही समाचार माध्यमले यसलाई गलत तरिकाले समाचार बनाए । हामी बिहीबार बिहान मिडिया सामु सबै कुरा स्पष्ट पाछौं,’ भुवन केसीले भने ।

होटलका तर्फबाट जारी गरिएको विज्ञप्ती यस्तो छ  ।

 

ताजा समाचार

More

On Air

UNIQUE NEWS Upto 08:10 AM

Coming Up Next

JYOTISH BIGYAN Upto 09:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top