Headline :

माइकल ज्याक्सनको निधन भएको ६ वर्ष

uniquefm-img

असार ११ -  पप संगीतका बादशाह मानिने माइकल ज्याक्सनको निधन भएको ६ वर्ष पुगेको छ । पप संगीतलाई उचाइमा पुर्‍याउने श्रेय पाएका ज्याक्सनका कैयौं गीत हिट छन् । साथसाथै उनको नृत्यको पनि उत्तिकै चर्चा हुनेगर्छ । संगीतबाटै उनले १३ वटा ग्रामी अवार्ड उचालेका छन् ।
ज्याक्सनको संगीत र नृत्यका कारण जति चर्चा हुन्छ त्यति नै चर्चा उनीसँग जोडिएका रोचक किस्साको पनि हुने गर्छ । भनिन्छ, उनको जीवनलाई रहस्यको अर्को नाम दिइन्थ्यो ।

धेरै रोचक किस्साहरुमध्ये ज्याक्सनँग जोडिएको चर्चित किस्सा एउटा थियो, एक दिन उनी गीतमा यति मस्त भए, टाउकोमा लागेको आगोको पनि चाल पाएनन् ।

घटना सन् १९८४ जनवरी २७ का दिन हो । उनी लस एन्जलसमा पेप्सीको विज्ञापनका लागि सुटिङ गरिरहेका थिए । विज्ञापनका लागि ‘स्पेशल इफेक्ट’ को प्रयोग गरिएको थियो । इफेक्ट गडबड भएपछि एक्कासी उनको कपालमा आगो सल्कियो ।

सुटिङ हेरिरहेका तीन हजार मानिसले आगो सल्किएको देखे तर, उनी ‘बिली जिन’ गीतमा मग्न थिए । उनी कुनै विचलित नभई ‘आगो सल्किनु पनि सोको एक हिस्सा हो’ शैलीमा गीत गाइरहे ।
त्यसपछि दर्शकहरुले हतारहतार उनको जलिरहेको कपाल निभाएर ब्राटम्यान मेडिकल सेन्टर पुर्‍याए । उनलाई क्षतिपूर्ति आयो । फराकिलो दिल भएका ज्याक्सनले क्षतिपूर्तिमा आएको सो रकम उपचार गराइरहेको अस्पताललाई नै दान गरे ।
पछि अस्पतालले पनि सो गुनको बदलामा उनले उपचार गराएको वार्डको नाम नै ‘माइकल ज्याक्सन बर्न सेन्टर’ राखिदियो ।

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top