Headline :

२ सय २ औं भानुभक्त जयन्ती

uniquefm-img

साउन  २ –  २ सय २ औं भानुभक्त जयन्तीको अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भएको छ । अंग्रेजी विभाग अन्तर्गत ‘क्रिएटिभ लिटररी फोरम’ को आयोजनामा भएको कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कविहरुले भानुभत्तलाई संझिदै आफ्नो रचना वाचन गरेका थिए ।

कविहरु मोमिला¸ उषा शेरचन, रावत¸ हेमन्त विश्वास¸ रामगोपाल आशुतोष¸ प्रल्हाद सिन्धुलिया¸ बाबु त्रिपाठी¸ सौरभ कार्की¸ हेम प्रभास, हरिमाया भेटुवाल, राजकुमार बराल लगायत कविहरूले  आफ्ना चर्चित कविताहरु वाचन गरिरहँदा अडिटेरियम हल कवितामय भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता अंग्रजी केन्द्रीय विभाग प्रमुख अम्मराज जोशी तथा विशेष आथित्यता कवि तथा गजलकार उषा शेरचनले गरेका थिए ।  कविता वाचन सकिएसँगै पुरु लम्साल र टिमले वनाएको हरिभक्त कटुवालको जीवनमा आधारित डेढ घण्टा लामो वृत्तचित्र ‘अनि हरिभक्त फर्किएनन्’ प्रदर्शन गरिएको थियो । 

नेपालमा लामो समय बसेर नेपाली भाषा र साहित्यमा ठुलो योगदान पुर्याएका हरिभक्तका जीवनमा पाटाहरु खुलिरँहदा दर्शकहरु भावुक भएका थिए । वृत्तिचित्रका निर्देशक पुरु लम्सालले हरिभक्त जस्ता मुर्धन्य साहित्यकारहरुलाई सबैसँग चिनाउने अभियानको सुरुवात गरेको बताउनुभयो ।

ताजा समाचार

More

On Air

UNIQUE NEWS Upto 08:10 AM

Coming Up Next

JYOTISH BIGYAN Upto 09:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top