Headline :

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ यही साउन १२ गते गर्ने

uniquefm-img

साउन,८–चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ यही साउन १२ गते गर्ने भएको छ । बोर्डले साउन १२ गते मंगलबार बेलुकी ३ बजेबाट राष्ट्रपति भवन शित्तल निवासमा कार्यक्रम गर्न लागिएको जानकारी प्रेस विज्ञप्ती मार्फत दिएको छ । राष्ट्रपति डाक्टर रामवरण यादवको हातबाट चलचित्रकर्मीलाई पुरस्कार प्रदान गरिनेछ ।
राष्ट्रिय चलचित्र पुरस्कार प्रचार प्रसार उपसमितीकी संयोजक रुपा रानाद्धार जारी गरिएको विज्ञप्तीमा पुरस्कारको बारेमा जानकारी दिदै एक चलचित्रकर्मीलाई नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँबाट ‘दीर्घ साधना सम्मान’ प्रदान गर्ने उल्लेख गरिएको छ । यो पटकको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ८ वटा विधामा चलचित्रकर्मीलाई पुरस्कृत गरिनेछ । जसमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, लेखन, छायांकन, सम्पादन र उत्कृष्ट आदिवासी जनजाति चलचित्र समावेश छन् ।
वि।सं २०७१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रमध्ये जुरीहरुको सिफारिशमा परेका उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।
गतबर्ष एकैपटक ४ बर्षका चलचित्रलाई पुरस्कार गरेको विकास बोर्डले यसपटक भने पुरस्कार वितरणलाई समयमै गर्ने प्रयास गरेको छ । असार १६ गते बोर्डको बाषिर्कोत्सवमा पुरस्कार वितरण भएपनि अध्यक्ष राजकुमार राइको नियुक्ती ढिलो भएका कारण समयमै कार्यक्रम हुन नसकेको हो ।
 

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top