Headline :

यसवर्षको मनसुनमा पहिलेको वर्ष भन्दा फरक

साउन ,११–यसवर्षको मनसुनमा पहिलेको वर्ष भन्दा फरक ढंगले वर्षा भैरहेको मौसमविदले बताएका छन् । साउनको मध्य भैसक्दा समेत कतिपय ठाउँमा अझै राम्ररी पानी पर्न सकेको छैन । मध्य तराईमा खडेरी परेको छ । कतिपय ठाउँमा भने भारी वर्षा भएको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार जलवायु परिवर्तन, बढ्दो वायु प्रदुषण लगायतका कारणले अघिल्लो वर्षभन्दा मनसुन फरक देखिएको हो । अहिले बंगालको खाडी र राजस्थानमा न्युनचापीय क्षेत्र विकास भएको छ । खडेरी पर्नुमा यो पनि एक कारण भएको मौसमविद् आर्यालको भनाई छ ।
बंगालको खाडी र राजस्थानमा विकास भएको न्युनचापीय क्षेत्र कमजोर भएमा नेपालमा पानी पर्ने उहाँले बताउनुभयो । पर्सि बुधबारदेखि त्यहाँको न्युनचापीय क्षेत्र कमजोर हुने भएकाले नेपालका धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
अहिले न्युनचापीय क्षेत्र बलियो भएकाले नेपाल आउने जलवाष्पयुक्त हावा त्यस आसपासमा नै रुमल्लिएकाले पानी नपरेको मौसमविद् अर्यालले बताउनुभयो । यस्तै स्थानीय वायूको प्रभावका कारण आज पनि हिजो अस्ति जस्तै बेलुकी र रातिमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामान्यतया मुनसुनी प्रक्रिया सुरु भएपछि गड्याङगुडुङ नगरी झरी मात्र पर्छ । तर अहिले मौसमी प्रक्रियामा गडबढी आएकाले स्थानिय वायू बढी सक्रिय भएको मौसमविदले बताएका छन् ।  
 

ताजा समाचार

More

On Air

REPEAT MUSIC THROUGH Upto 05:00 AM

Coming Up Next

ALL VAJAN Upto 05:30 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top