Headline :

पर्याप्त वर्षा हुन नसक्दा मुलुकका अधिकांश खेती योग्य जमिनमा धान रोपाई हुन सकेन

साउन,१२– पर्याप्त वर्षा हुन नसक्दा मुलुकका अधिकांश खेती योग्य जमिनमा धान रोपाई हुन सकेको छैन । कृषि मन्त्रालयका अनुसार अहिलेसम्म ६७ प्रतिशत जमीनमा मात्रै धान रोपाई भएको छ । मन्त्रालयका पबक्ता उदय चन्द्र ठाकुरका अनुसार सबै भन्दा बढी सुदुरपश्चिमाञ्चलमा ९७.२ प्रतिशत जमिनमा रोपाई भएको छ । त्यसैगरी मध्यपश्चिमाञ्चलमा ८०.७, पश्चिमाञ्चलमा ७७. ६, मध्यमाञ्चलमा ५०.६ र पुर्वाञ्चलमा ५८.१ प्रतिशत रोपाई भएको छ । अन्य भागको तुलनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएकाले सो क्षेत्रमा केही बढी रोपाई भएको मन्त्रालयको भनाई छ । मुलुकभर १४ लाख २० हजार २ सय ९६ हेक्टर जमिन खेती योग्य रहेको मन्त्रालयको तथ्यांक छ । आकाशे पानीको भरमा खेती लगाउनु पर्ने भएकाले साउन १५ हुन लाग्दा पनि रोपाई हुन नसकेको हो । सिंचाई सुविधाको अभावमा कृषकले समयमै खेती लगाउन नपाएको गुनासो गरेका छन् । अधिकांश जमिनमा रोपाई हुन नसकेकाले यस पटक धान उत्पादनमा कमी हुने मन्त्रालयको आंकलन छ ।

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top