Headline :

आठौं नेफ्टा अवार्डको मनोनयन सार्वजनिक

uniquefm-img

साउन १७ – आठौं नेफ्टा अवार्डको मनोनयन शनिबार सार्वजनिक भएको छ । नेपाल चलचित्र प्राविधिक संघले कतारमा गर्न लागेको अवार्डमा ३५ विधामा अवार्ड प्रदान गरिने छ । अवार्डको मनोनयनमा चलचित्र टलकजंग भर्सेस टुल्के सबैभन्दा धेरै १५ विधामा मनोनयनमा पर्न सफल भएको छ ।

यस्तै चलचित्र जेरी १२, नोभेम्बर रेन १०, कबड्डी ९ तथा लज्जा ८ विधामा मनोनयनमा पर्न सफल भएका छन् । टलकजंग भर्सेस टुल्के उत्कृष्ट चलचित्र, निर्देशक, वर्षको लोकप्रिय चलचित्र, अभिनेता, अभिनेत्री, पटकथा, सम्वाद, कला निर्देशन, सम्पादन सहित १५ विधामा मनोनयनमा परेको छ । यस्तै जेरी उत्कृष्ट चलचित्र, वर्षको लोकप्रिय चलचित्र, निर्देशक, अभिनेता, छायांकन, सम्पादन, पटकथा सहित १२ विधामा मनोनयनमा परेको छ ।

नेफ्ना अवार्डको यसपटकको संस्करणमा उत्कृष्ट चलचित्रका लागि टलकजंग भर्सेस टुल्के, जेरी, कबड्डी, लज्जा र नोभेम्बर रेनबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै उत्कृष्ट निर्देशकमा नोभेम्बर रेनका दिनेश राउत, जेरीका हेमराज बिसी, लज्जाका नवल नेपाल, टलकजंग भर्सेस टुल्केका निश्चल बस्नेत र वान वे का सुरज सुब्बा मनोनयनमा परेका छन् । उत्कृष्ट अभिनेतामा नोभेम्बर रेनबाट आर्यन सिग्देल, कबड्डीबाट दयाहाङ राई, स्टुपिड मनबाट जीवन लुइँटेल, टुल्केबाट खगेन्द्र लामिछाने र उत्सवबाट सौगात मल्ल मनोयनमा परेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीमा नोभेम्बर रेनबाट नम्रता श्रेष्ठ, लोग्नेमान्छेबाट नन्दिता केसी, नाइँ नभन्नु ल ३ बाट प्रियंका कार्की, टलकजंग भर्सेस टुल्केबाट ऋचा शर्मा र श्री ५ अम्बरेबाट केकी अधिकारी मनोनयनमा परेका छन् ।

२०७१ साल भरिमा पर्दशनमा आएका चलचित्र मध्ये नेफ्टाका लागि दर्ता भएका ५० भन्दा धेरै चलचित्रबाट ६ जनाको जुरीले ३५ विधामा उत्कृष्ट पाँचको मनोनयन गरेको हो । अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारसँग सहकार्य गरी नेफ्टाले कतारमा यो वर्ष अवार्ड आयोजना गर्न लागेको हो । यसअघि नेफ्टाले नेपाल बाहिर मलेसिया र हङकङमा अवार्ड आयोजना गरिसकेको छ ।

ताजा समाचार

More

On Air

PRABHAT BANI Upto 06:15 AM

Coming Up Next

BANI BAHASH Upto 07:00 AM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top