Headline :

क्रिकेट खेल्न नेपाली टोली गयराती मलेसिया प्रस्थान

साउन,२३– भूकम्प पीडितलाई सहयोग जुटाउने उद्धेश्यले आयोजना गरिएको व्याट फर नेपाल क्रिकेट खेल्न नेपाली टोली गयराती मलेसिया प्रस्थान गरेको छ । कप्तान पारस खड्का सहित १५ सदस्यीय टोली राती साढे १० बजे त्यसतर्फ प्रस्थान गरेको क्रिकेट संघ क्यानले जनाएको छ । पारिवारिक कारण देखाउदै उपकप्तान ज्ञानेन्द्र मल्ल मलेसिया नजाने भएपछि उनको स्थानमा नरेश बुढाएरले मौका पाएका छन् । च्यारिटीकालागि नेपालका तर्फबाट कप्तान खड्का सहित सरद भेषवाकर, राजेश पुलामी मगर, अविनाश कर्ण, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन र करन केसी छन् ।
अन्डर १९ का कप्तान राजु रिजाल, सिद्धान्त लोहनी पनि अटाएको टोलीमा भुवन कार्की र मेहबुब आलमले पुनरागमन गरेका छन् ।
विश्व ११ मा विश्वका क्रिकेट लेजेन्डहरुको सहभागिता रहनेछ । मलेसियाको किनरारा ओभलमा हुने खेलमा विश्व ११ को नेतृत्व श्रीलंकाली ब्याट्सम्यान सनथ जयसुर्याले गर्नेछन् । अभियान अन्र्तगत लगातार ३ बर्ष सम्म च्यारिटि म्याच आयोजना हुने जानकारी दिदै क्यानले समापन भने नेपालमा हुने सहमति भएको संघकी कार्यकारी अधिकृत सिईयो भावना घिमिरेले बताईन् । अभियानबाट उठेको ७० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा र ३० प्रतिशत नेपाली क्रिकेटको पुर्वाधार बिकासमा खर्च गरिने छ ।

ताजा समाचार

More

On Air

RADIO NEPAL NEWS Upto 7:30 PM

Coming Up Next

SAJHA KHABAR Upto 8:00 PM

स्थानिय

More

प्रेस सेन्टर रुकुमको अध्यक्षमा खड्का

रुकुम १५, साउन ः प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा

विपि जयन्तीमा रुकुममा विविध कार्यक्रम एमाले र माओवादी केन्द्र परित्याग गरी काँग्रेस प्रवेश

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रुाद कोइरालाको स्मृति दिवसको अवसरमा रुकुममा विविध कार्उक्रम आयोजना गरी सम्पन्न गरिएको छ । सदरमुकाम खलंगामा स्थित बराह

लायन्स ल्कब अफ मुसिकोट द्धारा रक्तदान

रुकुम विश्व रक्तदाता दिवशको अवसरमा लायन्स ल्कब अफ मुसिकोट रुकुमले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स ल्कब अफ मुसिकोटका अध्यक्ष नवीन खडका,सचिब शिवराम खडका,कोषाध्यक्ष प्रेम के.सी,मेम्बरसिप डाईरेक्टर सन्तोष थापा,मनोज महतारा लगायत सातजना पदाधिकारी तथा सदस्यहरुले नेपाल रेडक्रस सोसाईटी जिल्ला

Like us on Facebook

Contact Us

Unique FM 97.6 MHz

Musikot-01,Rukum
Phone: 088530307
Email: info@uniquefm.com.np
Web: www.uniquefm.com.np

go to top